ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २२, २०८३
|
|
२५७ पटक हेरिएको
Shares
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि

सारांश

  • चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.
  • ५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
  • राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार विद्युत् उत्पादन तथा वितरण, बैंकिङ तथा बीमा, व्यापार र यातायात क्षेत्रको विस्तारले आर्थिक गतिविधि बढाउँदै समग्र आर्थिक वृद्धिलाई टेवा दिएको हो ।

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार विद्युत् उत्पादन तथा वितरण, बैंकिङ तथा बीमा, व्यापार र यातायात क्षेत्रको विस्तारले आर्थिक गतिविधि बढाउँदै समग्र आर्थिक वृद्धिलाई टेवा दिएको हो ।

कार्यालयका अनुसार तेस्रो त्रैमासमा अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको छ । विद्युत् तथा ग्यास क्षेत्र सबैभन्दा बढी २४.८८ प्रतिशतले विस्तार भएको छ भने वित्तीय तथा बीमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत तथा थोक एवं खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि कृषि र औद्योगिक क्षेत्रमा देखिएको सुस्तताले समग्र आर्थिक वृद्धिलाई अपेक्षित गतिमा पुग्न भने दिएको छैन । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्र १.५८ प्रतिशतले मात्र बढेको छ भने उत्पादनमूलक उद्योग ०.५४ प्रतिशतले खुम्चिएको छ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र पनि १.५९ प्रतिशतले ऋणात्मक रहेको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको स्वदेशी उत्पादन घटेकाले आर्थिक वृद्धिदर सामान्य रहेको जनाएको छ । यद्यपि ऊर्जा उत्पादन र सेवा क्षेत्रको विस्तारले अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ । मौसमी प्रभाव समायोजनपछि हेर्दा दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.५८ प्रतिशतले विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कले अर्थतन्त्रको छोटो अवधिको अवस्था र विभिन्न क्षेत्रको गतिविधिबारे संकेत गर्ने भएकाले नीति निर्माण तथा आर्थिक विश्लेषणका लागि महत्वपूर्ण आधारका रूपमा प्रयोग गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान
प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने
रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने
सुनको मूल्यमा भारी गिरावट
सुनको मूल्यमा भारी गिरावट
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली
एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न
बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न