आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २१, २०८३
|
|
१३१ पटक हेरिएको
Shares
आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त

सारांश

  • नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अमेरिका प्रस्थान गरेका छन्।
  • आइतबार साँझ अमेरिका जान लागेका कार्की विमानस्थल पुगिसकेका प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए।
  • कतार एयरवेजबाट नेपाल प्रहरीका आईजीपी कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका जान लागेका हुन्।

२१ असार, काठमाडौँ ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अमेरिका प्रस्थान गरेका छन्। आइतबार साँझ अमेरिका जान लागेका कार्की विमानस्थल पुगिसकेका प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए। कतार एयरवेजबाट नेपाल प्रहरीका आईजीपी कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका जान लागेका हुन्।

उनीहरू दोहा हुँदै अमेरिका पुग्ने प्रहरी प्रवक्ता काफ्लेले बताए। संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा हुने चिफ अफ पुलिस समिटमा सहभागी हुन दुवै प्रहरी प्रमुख अमेरिका प्रस्थान गरेका हुन्। समिट यही जुलाई ७ र ८ हुनेछ। सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निमित्त प्रमुखको जिम्मेवारी वंशीराज दाहाललाई दिएका छन्। दाहाल पनि पहिलो वरीयताका एआईजी हुन्। दुवै प्रहरी प्रमुखसँग थप दुई-दुई जना अधिकारीहरू पनि जाने प्रस्ताव गरिएको भए पनि सरकारले खर्च मितव्ययिताको नीति भन्दै दुई जना प्रहरी प्रमुखलाई मात्रै स्वीकृति दिएको हो।

आफू अमेरिका प्रस्थान गर्ने भएपछि आईजीपी कार्कीले हालै राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सरुवा भएका एआईजी राजन अधिकारीले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। अधिकारी पहिलो वरीयताका एआईजी हुन्। प्रहरीमा सामान्यत: पहिलो वरीयताकै एआईजीलाई निमित्त प्रमुखको जिम्मेवारी दिने गरिएको छ। यसअघि तत्कालीन आईजीपी शैलेश थापाले भने आफू विदेश जाँदा हरि पाललाई जिम्मेवारी नदिई प्रहरी प्रधान कार्यालयमै रहेका एआईजीलाई निमित्त दिएका थिए। उनको यो निर्णयको आलोचना पनि भएको थियो। तर त्यसपछि भने वरीयताअनुसार प्रहरी मुख्यालय बाहिर रहे पनि सिनियर एआईजीले नै निमित्त प्रमुखको जिम्मेवारी पाएका छन्। अधिकारी आईजीपी कार्कीकै ब्याची हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा बाढी अपडेट : हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता
रसुवा बाढी अपडेट : हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
यू-१९ महिला विश्‍वकप : स्कटल्यान्डविरूद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै
मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्
मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्
हाइस दुर्घटना हुँदा ८ जना घाइते
हाइस दुर्घटना हुँदा ८ जना घाइते
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड
तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड