भेनेजुएला भूकम्प : मृ*तकको संख्या १८८ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १२, २०८३
|
|
२५० पटक हेरिएको
Shares
भेनेजुएला भूकम्प : मृ*तकको संख्या १८८ पुग्यो

सारांश

  • भेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् ।
  • अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ ।
  • हजारौं मानिस सम्पर्कविहीन छन् ।

 

१२ असार, काठमाडौं ।

भेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ । हजारौं मानिस सम्पर्कविहीन छन् । स्थानीय समयअनुसार बुधबार साँझ ६:०४ बजे नेपाली समय अनुसार (विहीबार बिहान ३:४९ बजे) ४० सेकेण्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका थिए । भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थालाई हेरेर सरकारले देशभर संकटकाल घोषणा गरेको छ ।

राजधानी कराकाससहितका विभिन्न ठाउँमा विमानस्थल बन्द छ । सडक यातायात पनि अवरुद्ध भएको छ । बिजुली, खानेपानी, सन्चार जस्ता न्यूनतम सुविधाबाट पनि स्थानीय बन्चित भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प क्यारिबियन तटस्थित मोरोन शहरको पश्चिम क्षेत्रमा २२ किलोमिटर गहिराइमा गएको थियो । लगत्तै ७.५ रेक्टर स्केलको दोस्रो भूकम्प १० किलोमिटर गहिराइमा आएको थियो । त्यस दिन भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै थिए । भूकम्पको धक्का देशभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगाटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।लगातार दुई ठूला भूकम्प आउँदा क्षति व्यापक भएको विज्ञहरूले बताएका छन् । अधिकारीहरुका अनुसार राजधानी काराकासको उत्तरमा रहेको तटीय क्षेत्र ला ग्वाइरामा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ रहेको देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेपछि बन्द गरिएको छ, जसका कारण उद्धार र राहत कार्य प्रभावित भएको छ ।

अधिकारीहरुले खोज तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । कतिपय भूकम्प पीडित आफैं भग्नावशेष हटाएर आफन्तको खोजीमा जुटेका छन् । राजधानी बाहिर सरकारी उद्धार टोलीको उपस्थिति निकै न्यून देखिएको स्थानीयहरूले बताएका छन् । धेरै परिवार आफन्तको खोजीमा सडकमा भौतारिरहेका छन्। टेलिभिजन च्यानलहरुले भग्नावशेषबाट जीवित मानिसहरूको उद्धार गरिएका दृश्य र आफन्तको छटपटाहटको हृदयविदारक दृष्य प्रसारण गरिरहेका छन् । ला ग्वाइरामा एक आमाले आफ्ना ३ र १० वर्षका दुई सन्तानको शव कम्बलमा बोकेर रोइरहेको दृश्यले स्थानीयलाई स्तब्ध बनाएको थियो । उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग, अमेरिकाले अस्थायी रुपमा प्रतिबन्ध हटायो यसैबीच कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार नै देशभर संकटकाल घोषणा गर्दै उद्धार टोली परिचालन गरिएको जानकारी दिएकी छन् । अस्पताल र घर पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने घोषणा पनि उनले गरिन् ।

उनले निजी क्षेत्रलाई पनि भारी निर्माण उपकरण उद्धार कार्यमा उपलब्ध गराउन आग्रह गरेकी छन् । उनका अनुसार पहिलो विदेशी उद्धार टोली डोमिनिकन गणतन्त्रबाट पुग्न लागेको छ भने अन्य देशका टोलीहरू पनि आउने क्रममा छन् । अमेरिका, मेक्सिको, ब्राजिल, कतार, स्पेन, पोर्चुगल र क्यानडालगायत देशहरूले राहत सामग्री र उद्धार टोली भेनेजुएला पठाउने घोषणा गरेका छन् । विभिन्न देशबाट चिकित्सकीय सामग्री, खोजीका लागि तालिमप्राप्त कुकुर, पानी शुद्धीकरण उपकरण, विमान तथा ड्रोन भेनेजुएला पठाउने तयारी भइरहेको छ । भूकम्पपछि राहत तथा उद्धारलाई सहज बनाउन अमेरिकाले भेनेजुएलामाथि लगाइएका केही आर्थिक प्रतिबन्ध अस्थायी रूपमा अक्टोबर २३ सम्मका लागि खुकुलो बनाएको छ । यसबाट राहतसँग सम्बन्धित वित्तीय कारोबार गर्न सहज हुने अमेरिकी ट्रेजरी विभागले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कार्यवाहक राष्ट्रपति रोड्रिगेजसँग टेलिफोनमा कुराकानी गर्दै अमेरिका तत्काल खोज तथा उद्धार टोली, चिकित्सकीय सामग्री र अन्य सहायता पठाइरहेको बताएका छन् ।

मुख्य विमानस्थल बन्द भएकाले केही राहत सामग्री पुर्‍याउन चुनौती रहेको उनले स्वीकार गरे ।

आफन्तको खोजीमा परिवारहरूले टाँस्न थाले फोटोसहितको सूचना

भूकम्पपछि राजधानी काराकासका केही क्षेत्रमा विद्युत् र मोबाइल सेवा अवरुद्ध भएको छ । मेट्रो सेवा स्थगित गरिएको छ भने ग्यास आपूर्ति पनि रोकिएको छ ।

विद्यालयहरू केही दिनका लागि बन्द गरिएका छन् र केही विद्यालय भवनलाई अस्थायी आश्रयस्थल तथा राहत संकलन केन्द्रका रूपमा प्रयोग गरिने सरकारले जनाएको छ ।

आफन्तको खोजीमा परिवारहरूले फोटोसहितका सूचना टाँस्न थालेका छन् भने विदेशमा रहेका भेनेजुएलीहरू आफ्ना परिवारसँग सम्पर्क गर्न संघर्ष गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
‘साइबर’ कानुनबारे गाउँगाउँमा विद्यार्थी पढाउँदै प्रहरी
‘साइबर’ कानुनबारे गाउँगाउँमा विद्यार्थी पढाउँदै प्रहरी
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
आज यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण
म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री