बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १०, २०८३
|
|
२३८८ पटक हेरिएको
Shares
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट

सारांश

  • सर्लाहीको कविलासी नगरपालिका–७ सिसरिया गाउँस्थित झिम नदीमा सञ्चालित विकास योजनाको अनुगमन गर्न गएका दुई युवामाथि कुटपिट भएको छ।
  • बुधबार बिहान स्थानीय बिकेश यादव र चन्द्रप्रकाश यादव योजनाको स्थलगत अवस्था अवलोकन तथा भिडियो सामग्री संकलन गर्न घटनास्थल पुगेका थिए।
  • उनीहरूमाथि कुटपिट गर्नुका साथै मोबाइल फोनसमेत खोसिएको युवा चन्द्रप्रकाश आरोप छ।

१० असार सर्लाही। सर्लाहीको कविलासी नगरपालिका–७ सिसरिया गाउँस्थित झिम नदीमा सञ्चालित विकास योजनाको अनुगमन गर्न गएका दुई युवामाथि कुटपिट भएको छ।

बुधबार बिहान स्थानीय बिकेश यादव र चन्द्रप्रकाश यादव योजनाको स्थलगत अवस्था अवलोकन तथा भिडियो सामग्री संकलन गर्न घटनास्थल पुगेका थिए। उनीहरूमाथि कुटपिट गर्नुका साथै मोबाइल फोनसमेत खोसिएको युवा चन्द्रप्रकाश आरोप छ।

उनका अनुसार वडा नम्बर ७ का वडाध्यक्ष धर्मेन्द्र राय यादवले आफ्ना मानिस परिचालन गरी दुर्व्यवहार गराएको दाबी गरेको छ।

घटनापछि स्थानीयस्तरमा आक्रोश बढेको छ। नागरिकहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय दिलाउन माग गरेका छन्।

यता वडाध्यक्ष यादवले भने आफू घटनामा संलग्न नरहेको बताएका छन्। उनका अनुसार उक्त योजना उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको थियो र घटनाबारे आफूले पछि मात्र जानकारी पाएका थिए।

“घटनाको जानकारी पाएपछि म घटनास्थल पुगेको थिएँ। त्यतिबेलासम्म अवस्था शान्त भइसकेको थियो,” उनले भने।
घटनाको वास्तविकता तथा कुटपिट र मोबाइल खोसिएको आरोपबारे सम्बन्धित निकायबाट औपचारिक छानबिन हुन बाँकी छ। तर विकास योजनाको अवस्था बुझ्न र सूचना संकलन गर्न गएका नागरिकमाथि हातपात भएको आरोपले स्थानीय तहको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह
राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने
राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
काठमाडौँसहित यी ३५ जिल्ला र आसपास ठुलो बाढीको सम्भावना
काठमाडौँसहित यी ३५ जिल्ला र आसपास ठुलो बाढीको सम्भावना
भक्तजनलाई शीतल बनाउन पशुपतिमा ‘कृत्रिम वाटर ड्रपलेट
भक्तजनलाई शीतल बनाउन पशुपतिमा ‘कृत्रिम वाटर ड्रपलेट
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ