उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

सारांश

  • निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा आजदेखि आचारसंहिता लागू गरेको छ ।
  • निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा (१) निर्वाचन क्षेत्रमा आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
  • आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आचारसंहिता, २०७९ बमोजिम आचारसंहिता लागू हुने निकाय, अधिकारी, राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले उक्त आचारसंहिताको पालना गर्नुपर्नेछ ।

२८ चैत, काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा आजदेखि आचारसंहिता लागू गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा (१) निर्वाचन क्षेत्रमा आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आचारसंहिता, २०७९ बमोजिम आचारसंहिता लागू हुने निकाय, अधिकारी, राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले उक्त आचारसंहिताको पालना गर्नुपर्नेछ ।

आचारसंहिताको दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ ।

राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोग तथा निर्वाचन खर्च गर्दा आचारसंहिताको मापदण्ड बमोजिम गर्नुपर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
‘जनतासँग जसपा नेपाल’ लिएर सप्तरीमा उपेन्द्र यादव
‘जनतासँग जसपा नेपाल’ लिएर सप्तरीमा उपेन्द्र यादव
भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो
भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली बरामद , एक जना पक्राउ
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
मन्त्री नियुक्तिमा विवाद : ‘प्रधानमन्त्री राजीनामा दे’ भन्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन
मन्त्री नियुक्तिमा विवाद : ‘प्रधानमन्त्री राजीनामा दे’ भन्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन