राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
४४ पटक हेरिएको
Shares
राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

सारांश

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
  • मंगलबार बिहान नियन्त्रणमा लिएका अर्यालसँग अहिले आयोगको कार्यालय टंगालमा बयान भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।
  • राहदानी छपाईको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ।

 

२ असार, काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान नियन्त्रणमा लिएका अर्यालसँग अहिले आयोगको कार्यालय टंगालमा बयान भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।

राहदानी छपाईको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। त्यही क्रममा अर्याल पनि पक्राउ परेका हुन्।  यसअघि नै अख्तियारले राहदानी विभागबाट यससम्बन्धी कागजात नियन्त्रणमा लिइसकेको थियो। कागजात अध्ययन लगतै अर्यालसँग बयान लिन थालेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?