विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
१३८ पटक हेरिएको
Shares
विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो

सारांश

  • बाँकेको कोहलपुरमा घरटहरा भत्काइएपछि विस्थापित भएका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीका परिवारहरू व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
  • घर भत्काइएको एक महिना बितिसक्दा पनि राज्यले स्थायी बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न कुनै ठोस पहल नगरेको भन्दै प्रभावित परिवारहरूले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।
  • प्रभावित परिवारहरूले कोहलपुरमा प्रदर्शन गर्दै आफूहरूको पुनस्र्थापनाको सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

२ असार, बाँके ।

बाँकेको कोहलपुरमा घरटहरा भत्काइएपछि विस्थापित भएका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीका परिवारहरू व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । घर भत्काइएको एक महिना बितिसक्दा पनि राज्यले स्थायी बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न कुनै ठोस पहल नगरेको भन्दै प्रभावित परिवारहरूले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । प्रभावित परिवारहरूले कोहलपुरमा प्रदर्शन गर्दै आफूहरूको पुनस्र्थापनाको सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूका अनुसार डोजर चलाउनुअघि वैकल्पिक बसोबासको व्यवस्था नगरी गरिएको कारबाहीका कारण सयौँ परिवार अहिले कठिन परिस्थितिमा जीवनयापन गर्न बाध्य छन् । विशेषगरी बालबालिकाको पढाइ, स्वास्थ्य सेवा र दैनिक जीविकोपार्जनमा गम्भीर असर परेको उनीहरूको गुनासो छ । संघर्ष समितिका संयोजक वीरबहादुर परियारले व्यवस्थापनबिनै बस्ती हटाइएकाले प्रभावित परिवार अन्यायमा परेको बताए । उनका अनुसार विस्थापित भएका ७५१ घरपरिवारमध्ये हाल ११५ परिवार मात्रै होल्डिङ सेन्टरमा बसिरहेका छन् भने अधिकांश परिवार बाध्य भएर भाडाका कोठामा आश्रय लिन पुगेका छन् ।  ‘होल्डिङ सेन्टर अघोषित कारागारजस्तै बनेको छ । त्यहाँ आधारभूत सुविधाको समेत अभाव छ । स्थायी बसोबासको व्यवस्था नभएसम्म हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ,’ उनले भने ।

‘भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि भएको डोजर आतंकविरुद्ध संघर्ष कार्यक्रम’ लेखिएको ब्यानर बोकेर प्रभावित परिवारहरूले नाराजुलुस समेत निकालेका थिए । उनीहरूले बिनाविकल्प डोजर चलाउने कार्य बन्द गर्न, भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न तथा विस्थापित परिवारको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।  प्रदर्शनकारीहरू भत्काइएको बस्ती क्षेत्रबाट साझा चोक हुँदै कोहलपुर चौराहासम्म पुगेका थिए । गत वैशाख २६ र २७ गते कोहलपुर नगरपालिकाले नगर विकास समितिको स्वामित्वमा रहेको करिब ३६ बिघा क्षेत्रफलमा बनेका १४८ वटा घरटहरा हटाएको थियो । त्यसपछि नगरपालिकाले अस्थायी बसोबासका लागि १६ स्थानमा होल्डिङ सेन्टर स्थापना गरे पनि हाल तीनवटा केन्द्रमा मात्रै प्रभावित परिवारहरू बसोबास गर्दै आएका छन् ।  नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार हाल तीनवटा होल्डिङ सेन्टरमा ११५ परिवारका ३१९ जना नागरिक आश्रित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
मोटरसाइकल दु*र्घटना हुँदा दुई जनाको मृ*त्यु
मोटरसाइकल दु*र्घटना हुँदा दुई जनाको मृ*त्यु
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी
सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी
माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने
माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : आज नेपालले युएईविरुद्व खेल्ने
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : आज नेपालले युएईविरुद्व खेल्ने
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल
नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै