Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३१, २०८३
|
|
७३ पटक हेरिएको
Shares
बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणको सिलसिलामा आज बेइजिङ पुगेका छन् ।
  • उनलाई चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल र चिनियाँ विदेश मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।
  • चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा गएका हुन् ।

 

३१ जेठ, काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणको सिलसिलामा आज बेइजिङ पुगेका छन् । उनलाई चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल र चिनियाँ विदेश मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा गएका हुन् । उनी आजैदेखि भेटघाट तथा अन्तर्क्रिया लगायतका कार्यक्रममा सहभागी हुनेछन् । उनको आज पहिलो कार्यक्रम नेपाली समुदायसँग अन्तर्क्रिया छ ।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यी र चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ । भ्रमणका दौरान बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनेछन् । सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
उत्तरी गाजामा इजरायली आक्रमण: ४५ जनाको गयो ज्यान
उत्तरी गाजामा इजरायली आक्रमण: ४५ जनाको गयो ज्यान
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
लद्दाखको नयाँ नक्सा विवाद : भारत–चीन आमनेसामने
लद्दाखको नयाँ नक्सा विवाद : भारत–चीन आमनेसामने
पर्वतमा ‘ब्रेक फेल’ भएर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
पर्वतमा ‘ब्रेक फेल’ भएर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते