साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
७२ पटक हेरिएको
Shares
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले साहित्य मानवताको सबैभन्दा पुरानो र प्रभावकारी सञ्चार प्रविधि भएको बताएका छन्।
  •   उनले प्रविधि, राजनीति र अर्थतन्त्रले भविष्यलाई आकार दिने भएपनि समाजलाई सहानुभूति, सिर्जनशीलता र मानवीय मूल्यसँग जोड्ने शक्ति साहित्यमा निहित रहेको उल्लेख गरे ।
  •   बिहीबार काठमाडौंमा आयोजित हिमालय साहित्य महोत्सव २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमल्सिनाले साहित्यले मानिसलाई कठिन सत्यको सामना गर्न, सौन्दर्यको कदर गर्न तथा वर्तमानका सीमाभन्दा परका सम्भावनाको कल्पना गर्न प्रेरित गर्ने बताए ।

२१ जेठ, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले साहित्य मानवताको सबैभन्दा पुरानो र प्रभावकारी सञ्चार प्रविधि भएको बताएका छन्।  उनले प्रविधि, राजनीति र अर्थतन्त्रले भविष्यलाई आकार दिने भएपनि समाजलाई सहानुभूति, सिर्जनशीलता र मानवीय मूल्यसँग जोड्ने शक्ति साहित्यमा निहित रहेको उल्लेख गरे ।  बिहीबार काठमाडौंमा आयोजित हिमालय साहित्य महोत्सव २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमल्सिनाले साहित्यले मानिसलाई कठिन सत्यको सामना गर्न, सौन्दर्यको कदर गर्न तथा वर्तमानका सीमाभन्दा परका सम्भावनाको कल्पना गर्न प्रेरित गर्ने बताए । उनले नयाँ विश्व व्यवस्थाको चर्चा गर्दा सामान्यतया राजनीति, अर्थतन्त्र, प्रविधि र शक्ति केन्द्रहरूको परिवर्तनलाई सम्झिने गरिए पनि त्यसको केन्द्रमा अर्थ, मर्यादा, शान्ति, अपनत्व र आशा खोजिरहेका करोडौं मानिसहरू रहेको उल्लेख गरे। कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधिले मानव जीवनशैली परिवर्तन गरिरहेको भएपनि विश्व द्वन्द्व, विस्थापन, जलवायु संकट र सामाजिक विघटनजस्ता चुनौतीले घेरिएको उनको भनाइ थियो।

मन्त्री तिमल्सिनाले साहित्यले मानिसलाई सुन्न, बुझ्न र सहानुभूति विकास गर्न सिकाउने उल्लेख गर्दै लेखक, कवि र अनुवादकहरूले केवल पाठ सिर्जना नगरी सामूहिक मानवताको संरक्षणमा योगदान पु¥याउने बताए । कार्यक्रममा उनले आफूले करिब एक दशकसम्म नेपाली साहित्य र संगीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै साहित्य र संगीतले राजनीति, भूगोल तथा सामाजिक विभाजनभन्दा माथि उठेर मानिसलाई जोड्ने शक्ति राख्ने बताए। महोत्सवका संस्थापक तथा क्युरेटर युयुत्सु शर्मा सँगको सहकार्यले साहित्यको गहिरो प्रभाव बुझ्ने अवसर दिएको उनले उल्लेख गरे। नेपालको विविधता र सांस्कृतिक सम्पदाबारे चर्चा गर्दै मन्त्री तिमल्सिनाले देशमा बोलिने १२० भन्दा बढी भाषाले आ–आफ्नो विश्वदृष्टिकोण बोकेको बताए।

सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको विकास हुनुअघि नै कथा, लोकगीत र मौखिक परम्पराले नेपाली समाजलाई जोड्ने काम गरेको उनको भनाइ थियो। आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै उनले सन् २००६ मा नेपाली गजल सङ्ग्रह प्रकाशित गरेको स्मरण गरे। कविता र साहित्यले तथ्याङ्क, नीति तथा औपचारिक भाषणले व्यक्त गर्न नसक्ने गहिरा मानवीय अनुभूतिहरू उजागर गर्न सक्ने उनले बताए। उनले भानुभक्त आचार्य र लक्ष्मीप्रसाद देवकोटा लगायतका स्रष्टाहरूको योगदानले नेपाली साहित्यलाई समृद्ध बनाएको उल्लेख गरे । मन्त्री तिमल्सिनाले वर्तमान पुस्ताका लेखक, कवि, पत्रकार र अनुवादकहरूले सांस्कृतिक विरासतलाई जोगाउँदै समकालीन चुनौतीसँग संवाद गरिरहेको बताए।  यस्ता साहित्यिक महोत्सवहरूले विभिन्न देश र संस्कृतिका सिर्जनशील व्यक्तित्वबीच विचार आदान–प्रदान र पारस्परिक समझदारी बढाउने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?