आज पनि चल्न सकेन राष्ट्रियसभा बैठक, भोलिसम्मका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १९, २०८३
|
|
४७७ पटक हेरिएको
Shares
आज पनि चल्न सकेन राष्ट्रियसभा बैठक, भोलिसम्मका लागि स्थगित

सारांश

  • विपक्षी दलहरूले आज पनि अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
  • प्रधानमन्त्री वालेन्द्र शाह बालेनले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।
  • बैठक सुरु हुनासाथ उनीहरूले उठेर अवरोध गरेका थिए ।

१९ जेठ, काठमाडौं ।

विपक्षी दलहरूले आज पनि अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

बैठक सुरु हुनासाथ उनीहरूले उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बोल्न समय दिए । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे । विपक्षी दलका सांसदहरूले अवरोधपछि बैठक भोलि बुधबारसम्मको लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ