जुम्लामा बाल विवाहमुक्त घोषणा भएपछि नाचगान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १९, २०८३
|
|
२४१ पटक हेरिएको
Shares
जुम्लामा बाल विवाहमुक्त घोषणा भएपछि नाचगान

सारांश

  • जुम्लाको कनकासुन्दरी–३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
  • पछिल्लो समय सरकारले संचालन गरेको अभियान अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो ।
  • हालै ‘बिहेवारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त कनकासुन्दरी’ भन्ने नाराका साथ तामझाम र नाचगान, देउडा, सडक नाटकबाट थप बालविवाह सम्बन्धि जनचेतना जगाउँदै बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।

जुम्ला । जुम्लाको कनकासुन्दरी–३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । पछिल्लो समय सरकारले संचालन गरेको अभियान अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो ।

हालै ‘बिहेवारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त कनकासुन्दरी’ भन्ने नाराका साथ तामझाम र नाचगान, देउडा, सडक नाटकबाट थप बालविवाह सम्बन्धि जनचेतना जगाउँदै बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।

कनका सुन्दरी गाँउपालिकामा बिगतका बर्षहरुमा सानै उम्मेरमा बालबिवाह गर्ने, सानै उमेरमा बच्चा जन्माउने, बच्चा र आमाको स्वास्थ्यमा देखिदै आएको थियो । त्यस्तै सम्बन्ध विच्छेदका घट्नाहरु हुने गरेको थियो ।

सन् २०२२मा आफु जनप्रतिनिधी भएर आएपछि समाजमा रहेको कुप्रथा बालबिवाह ६० प्रतिशत कायमै रहेकाले त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने लक्ष्य अनुसार काम भएको वडा कार्यालयको भनाइ छ ।

उक्त अभियान अनुसार अहिले कनका सुन्दरी गाँउपालिकामा बालबिवाह गर्नेहरुको संख्या २ प्रतिशतमा झरेकाले पालिकाभित्र बालबिवाह मुक्त वडा घोषणा गर्न सफल भएको कनका सुन्दरी वडा नम्बर ३ का वडा अध्क्षय भौर बुढाले बताए ।

गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार समाजमा ठूलो विकृति अन्त्य गर्दै लगेको बताए । वडा हुँदै पालिकाले नै बालविवाह मुक्त गर्ने नीति लिए अनुसार पालिकामा रहेका १ देखि ८ वडा मध्य १,२,३,४,५ वडा घोषणा भइसकेको र ६,७,८ वडा घोषणा गर्न बाँकी रहेकाले अब पालिकानै बालबिवाह मुक्त घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

पहिला पहिला सानै उम्मेरमा मागी बाल बिवाह गर्ने चलन रहेको र सानो उम्मेरमा विवाह गर्दा धेरै जनाको अकालमा मृत्यु हुने गरेको, स्वास्थ्यमा असर हुने गरेकामा हाल विभिन्न संघ संस्था र स्थानीय सरकारको सहकार्यमा जनचेतना अभिबृद्धिका कारण वालविवाह गर्ने चलन कम भएको स्थानीय बिनु बुढाले बताइन् ।

नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य अनुसार गैरसरकारी संस्थाहरूको सहयोग र समन्वयमा पालिकाहरूले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् । जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ बालविवाह मुक्त घोषणा भएपछि जुम्लामा ३ वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी
आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि
मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?