जनकपुरमा दिउँसै छुरा प्रहार गरी एक युवकको हत्या
मौसम झा पाठक
जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिका ४ विश्वकर्मा टोलमा एक युवकमाथि छुरा प्रहार गरी हत्या गरिएको छ ।
महोत्तरीका एकडाडा गाउँपालिका बस्ने २० वर्षीय प्रीत कुमार महासेठको हत्या भएको हो । स्थानीयका अनुसार अपरिचित व्यक्तिले लखेटी लखेटी महासेठमाथि छुरा प्रहार गरिएको थियो ।
छुराले रक्ताम्मे अवस्थामा लडेका महासेठलाई उपचारका लागि प्रादेशिक अस्पताल लगेपछि उनको मृत्यु भएको बताइएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले युवक महासेठको हत्या कसले र किन गरेको विषयमा अनुसन्धान गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
Post Comment