आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२५७ पटक हेरिएको
Shares
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना

सारांश

  • जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) देशका केही जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ।
  • मौसम विभागका अनुसार आज जेठ १२ गते दिउँसोपछि कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना छ।
  • यसैगरी तलका प्रदेशका ती जिल्लामा पनि तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

 

१२ जेठ, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) देशका केही जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ। मौसम विभागका अनुसार आज जेठ १२ गते दिउँसोपछि कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र वेगको हुरी चल्ने सम्भावना छ।

यसैगरी तलका प्रदेशका ती जिल्लामा पनि तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।  मधेस प्रदेश: बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला

बागमती प्रदेश: मकवानपुर र चितवनसहित आसपासका जिल्ला

गण्डकी प्रदेश: नवलपुर र तनहुँसहित आसपासका जिल्ला

लुम्बिनी प्रदेश: रुपन्देहीसहित आसपासका जिल्ला

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?