Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
९७ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

सारांश

  • हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
  • गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ।
  • गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

 

१२ जेठ, काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
मतदाता नामावली दर्ता समय अवधि थप्न प्रदीप पौडेलको माग
मतदाता नामावली दर्ता समय अवधि थप्न प्रदीप पौडेलको माग
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
सुधन गुरुङमाथि छानबिन नभएकोमा कांग्रेसले संसद्‌मा उठायो प्रश्न
सुधन गुरुङमाथि छानबिन नभएकोमा कांग्रेसले संसद्‌मा उठायो प्रश्न
रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा
रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने