२६ जेष्ठ २०८२, आईतवार

धनुषा निर्माण व्यावसायी संघको अध्यक्षमा दोस्रो पटक चौधरी विजयी

२५ चैत, धनुषा। धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक कुमार चौधरी निर्वाचित भएका छन् ।

शनिबार भएको निर्माण व्यावसायी संघको मतदान प्रक्रियाबाट सबभन्दा अधिक मत ल्याएर विजयी भएका हुन् । पहिलो कार्यकाल कुशल पूर्वक सम्पन्न गरेका निर्माण व्यावसायी अशोक चौधरीले सबभन्दा अधिक २३९ मत ल्याएर विजयी भएका हुन् ।उनका उनका निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले  १ सय ७५ मत पाएका छन् । त्यसैगरी, अध्यक्ष पदकै उम्मेदवार जगदिश महासेठले ६४ र प्रदिप गुप्ताले मात्र १९ मत ल्याउन सकेका छन् ।

त्यसै गरि उपाध्यक्षमा जय प्रकाश साह (पप्पु) १ सय ३९ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी विकास कुमार साहले १ सय १८ मत पाएका छन् । महासचिवमा रुपेश सिंह मुन्ना १ सय ३४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वीको रुपमा राजेश दास काले १ सय १ मत पाएका छन् । सचिवमा मनोज कुमार साह २ सय ८ र कोषाध्यक्षमा लक्ष्मण कुमार यादव १ सय ६४ मतका साथ विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा राजिव कुमार साह २ सय ११, दिपक यादव १ सय ९८ र कमलेश कुमार जयसवाल १ सय ८४ मतका साथ विजयी भएका हुन ।

विजयी भएका चौधरीले निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराएको भन्दै सम्पुर्ण ठिकदारलाई धन्यवाद दिएका छन्। अध्यक्ष चौधरीले निर्वाचनमा खटिएका निर्वाचन कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्। विजयी घोषणा हुने लगतै आज विहान ५ बजे नै अध्यक्ष चौधरीले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने सबैमा आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment