इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ८, २०८३
|
|
२९५ पटक हेरिएको
Shares
इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो ।
  • यो नेपालले ओडीआईमा बनाएको दोस्रो ठूलो स्कोर हो ।

८ जेठ, काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो । यो नेपालले ओडीआईमा बनाएको दोस्रो ठूलो स्कोर हो । नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । इशानले ८४ रनको उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी गरे । कप्तान रोहित ५९ बलमा ४६ रन बनाएर आउट भए । त्यसअघि आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशलले २९ र आसिफले ४३ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका दीपेन्द्रले ३६ बलमा ५९ रन बनाए । उनले समान ४ चौका र छक्का प्रहार गरे । गुल्सन झा १५, नन्दन यादव एक र सोमपाल कामी ५ रन बनाएर आउट हुँदा आरिफ शेख १७ रनमा अविजित रहे । बलिङमा अमेरिकाका शुभम रन्जानेले २ विकेट लिँदा मिलिन्द कुमार र रुशिल उगारकरले १-१ विकेट लिए । कीर्तिपुरमा भने नेपालको यो हालसम्मकै सर्वाधिक योगफल हो । यसअघि नेपालले सन् २०२३ को एसीसी प्रिमियर कपमा ओमान विरुद्ध ३१० रनको योगफल बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा महिलाको ह*त्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, गगनले राखे बैठकमै बिमति
विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, गगनले राखे बैठकमै बिमति
गण्डकी प्रदेश सभा भवन शिलान्यास, २५ करोड खर्चेर ३ वर्षमा सक्ने
गण्डकी प्रदेश सभा भवन शिलान्यास, २५ करोड खर्चेर ३ वर्षमा सक्ने
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ