सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
१८ पटक हेरिएको
Shares
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव

सारांश

  • खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा ढल व्यवस्थापनको क्षेत्रमा दीगो विकास सुनिश्चित गर्न र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन क्षेत्रीय, संस्थागत तथा अन्तर–निकाय समन्वय अपरिहार्य रहेको बताएका छन् ।
  • बिहीबार खानेपानी मन्त्रालय र अन्तर्राष्ट्रिय संस्था इसिमोडबीच भएको सहकार्य सम्झौता कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल सरकारअन्तर्गतका २२ मन्त्रालयमध्ये खानेपानी मन्त्रालयले अत्यन्तै संवेदनशील र जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवा पु¥याइरहेको उल्लेख गरेका हुन् ।
  • उनले मन्त्रालयले नीति निर्माणदेखि कार्यान्वयन, अनुगमन, मूल्यांकन र समन्वयसम्मका काम सम्हाल्दै आएको जानकारी दिएका छन् ।

 

२८ चैत,  काठमाडौं ।

खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा ढल व्यवस्थापनको क्षेत्रमा दीगो विकास सुनिश्चित गर्न र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन क्षेत्रीय, संस्थागत तथा अन्तर–निकाय समन्वय अपरिहार्य रहेको बताएका छन् । बिहीबार खानेपानी मन्त्रालय र अन्तर्राष्ट्रिय संस्था इसिमोडबीच भएको सहकार्य सम्झौता कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल सरकारअन्तर्गतका २२ मन्त्रालयमध्ये खानेपानी मन्त्रालयले अत्यन्तै संवेदनशील र जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवा पु¥याइरहेको उल्लेख गरेका हुन् ।

उनले मन्त्रालयले नीति निर्माणदेखि कार्यान्वयन, अनुगमन, मूल्यांकन र समन्वयसम्मका काम सम्हाल्दै आएको जानकारी दिएका छन् ।
उनले भने, ‘नागरिकलाई सुरक्षित पानी र सरसफाई प्रदान गर्न विभिन्न तह र निकायबीच समन्वय गर्न जरुरी छ । यो सहकार्यले दीगो विकासका लक्ष्यहरू हासिल गर्न महत्वपूर्ण टेवा पु¥याउनेछ ।’ उनले मन्त्रालय र इसिमोडबीचको सहकार्य नेपालको पहाडी तथा तराई क्षेत्रका समुदायहरूमा दिगो, सुरक्षित र गुणस्तरीय पानी तथा सरसफाई सेवा पु¥याउने साझा उद्देश्यसहित अघि बढेको स्पष्ट पारे । साथै, अनुसन्धान, प्रविधिको हस्तान्तरण, क्षमता अभिवृद्धि तथा सूचनाको आदानप्रदानलाई सहकार्यले सघाउने विश्वास व्यक्त गरे । मन्त्री यादवले जलवायु परिवर्तन र भूकम्पका असरहरूका कारण हिमालहरू कालो हुँदै गएका र तराई–मधेसमा भूमिगत जलस्रोत घट्दै गएको अवस्थामा सुरक्षित पानीको आपूर्ति एक चुनौतीको रूपमा देखिएको बताए ।

भर्खरै नेपाल र भारत तथा खानेपानी मन्त्रालय र ऊर्जा मन्त्रालयबीच भएका सम्झौताहरूले पनि यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ । कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले सहकार्य सम्झौताले सुक्दै गएका पानीका मुहानहरू पुनः सक्रिय गराउने र दीगो पानी व्यवस्थापनतर्फ ठोस योगदान दिने विश्वास व्यक्त गरेका थिए ।
सम्झौतापत्रमा मन्त्रालयका सहसचिव ई. मीना श्रेष्ठ र इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका सहसचिव ई. रमाकान्त दुवाडि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ लगायत इसिमोड र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
टस जितेर कर्णाली याक्सले बलिङ गर्दै
टस जितेर कर्णाली याक्सले बलिङ गर्दै
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव
निजामतीमा अतिरिक्त सचिवको पद ब्युँताउन लोक सेवाको सुझाव
एनपीएलको अक्सन आज हुदै
एनपीएलको अक्सन आज हुदै
एमाले धनुषा अधिवेशनमा विवाद, दुई गुटबीच कुर्सी हानाहान
एमाले धनुषा अधिवेशनमा विवाद, दुई गुटबीच कुर्सी हानाहान
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ