६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ५, २०८३
|
|
५९१ पटक हेरिएको
Shares
६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार

सारांश

  • मंगलबार सेयर बजार परिसूचक नेप्से ६.
  • ५१ अंक घटेको    छ ।
  • सो कमीपछि २७२४ अंकमा कायम भएको छ ।

५ जेठ, काठमाडौं ।

मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५१ अंक घटेको    छ । सो कमीपछि २७२४ अंकमा कायम भएको छ । ११३ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १२ को स्थिर रह्यो । कारोबार रकममा केही सुधार आएको छ । अघिल्लो दिन २ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडको भयो । पूरा अवधि (४ घण्टा) कारोबार हुँदा अघिल्लो दिनको कारोबार रकम २ वर्षकै न्यून हो । व्यापार समूह सबैभन्दा धेरै १.२४ प्रतिशत घट्यो ।

अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.१०, होटल तथा पर्यटन ०.५६, हाइड्रोपावर ०.५०, लगानी ०.२२, जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.६७ तथा अन्य समूह ०.३९ प्रतिशत घटे । निर्जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.१२, विकास बैंक ०.७७ र फाइनान्स ०.०७ प्रतिशत बढे ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १४.२६ प्रतिशत बढेको छ । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ६.४१, दरामखोला हाइड्रो इनर्जीको ३.६१ प्रतिशत मूल्य बढ्यो। सिटी होटलको मूल्य ६.८४, थ्रीस्टार हाइड्रोपावरको ५.८२, झापा इनर्जीको ४.४३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सिटी होटल, साहस ऊर्जा, आँखुखोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई प्यानल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सर्लाहीका दुई नेताको राजीनामा अस्वीकृत, पदमै रहने
कांग्रेस सर्लाहीका दुई नेताको राजीनामा अस्वीकृत, पदमै रहने
वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते
वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव, ११ जना घाइते
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश
कुशल भुर्तेलले एकै ओभरमा लिए सुदूरपश्चिमको दुई विकेट, पावरप्लेमा बनायो ५० रन
कुशल भुर्तेलले एकै ओभरमा लिए सुदूरपश्चिमको दुई विकेट, पावरप्लेमा बनायो ५० रन
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु :
गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु :
दोस्रो एकदिवसीयमा आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य
दोस्रो एकदिवसीयमा आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ