एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
१०४ पटक हेरिएको
Shares
एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने

सारांश

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ ।
  • बैठक दिउँसो १ बजे गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बस्ने कार्यालय सचिव डा.
  • भीष्म अधिकारले जानकारी दिए ।

४ जेठ, काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बस्ने कार्यालय सचिव डा. भीष्म अधिकारले जानकारी दिए । जेठ २ गते बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।

एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ । आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समिक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने ति पदाधिकारीले जानकारी दिए । आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी,उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि
अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि
आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण
होटल वर्गीकरण मापदण्ड परिमार्जनका लागि सुझाव माग
होटल वर्गीकरण मापदण्ड परिमार्जनका लागि सुझाव माग
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
अमरेशले कांग्रेसलाई सोधे– बीपीको विचार असान्दर्भिक भएपछि ढुङ्गामुढामा उत्रिएको हो ?
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा