धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३, २०८३
|
|
६९६ पटक हेरिएको
Shares
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

सारांश

  • धनुषाका मिटरब्याज पीडितहरुले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् ।
  • विभिन्न मागहरु राख्दै उनीहरुले आइतबार (आज) जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
  • केही दिन अघि धनुषाको फुलगामा ४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले उल्टै पक्राउ गरी पिडा माथि झन पिडा थपेको भन्दै आफूहरुले प्रहरी प्रशासनविरुद्ध अनिश्चितकालिन आन्दोलन सुरु गरेको मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले जानकारी दिए ।

 

३ जेठ,  जनकपुर ।

धनुषाका मिटरब्याज पीडितहरुले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् । विभिन्न मागहरु राख्दै उनीहरुले आइतबार (आज) जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । केही दिन अघि धनुषाको फुलगामा ४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले उल्टै पक्राउ गरी पिडा माथि झन पिडा थपेको भन्दै आफूहरुले प्रहरी प्रशासनविरुद्ध अनिश्चितकालिन आन्दोलन सुरु गरेको मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले जानकारी दिए ।

मिटरब्यजीहरुलाई कारबाही गर्नुको साटो प्रहरीले उल्टै पीडितहरुलाई समातेर जेल पठाउने गरेको घटनाहरु अगाडि आउन थालेपछि आफूहरुले बाध्य भएर आजदेखि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र सरकारी वकिल कार्यालय अगाडि प्रत्येक दिन शान्तिपूर्ण धर्ना र विरोध गर्ने अध्यक्ष यादवले बताए । अध्यक्ष यादवले राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको प्रादेशिक भेलामा मधेश प्रदेशमा विद्यमान मिटरब्याजको समस्या समाधान गर्ने घोषणा गरेकोमा हालसम्म कुनै समाधानतर्फ सरकारले ध्यान नदिएको अध्यक्ष यादवले गुनासो गरे ।

गत बैशाख २१ गत्ते केन्द्र र प्रदेशमा ज्ञापन पत्र बुझाएर सरकारलाई ध्यानाकर्षण गराए पनि आफूहरुको समस्याको कुनै सामाधान सरकारले गर्न नखोजेकोमा अध्यक्ष यादवले खेद प्रकट गरेका छन् । मिटरब्याज पीडितहरुले मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर, सुदखोरलाई कारबाही गर, अदालतको एकलौटीको फैसलाको आधारमा पक्राउ गर्न पाईदैन, अदालत÷प्रहरी÷प्रशासनको दमन बन्द गर, हाम्रो माग पूरा गर, दफा २४९ –क) लागु गरलगायतका नारा लगाएका थिए । उनीहरुले पक्राउ गरेका मिटरब्याज पीडितहरुलाई रिहा गर्न र मिटरब्याजीहरुलाई पक्राउ नगरेसम्म यो शान्तिपूर्ण धर्ना एवम विरोध प्रदर्शन जारी राख्ने चेतावी दिएका छन् । धनुषामा मात्र मिटरब्याज पीडितको संख्या ७० हजार रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी डलर र युरोको भाउ थोरै बढ्यो, अरुको कति ?
अमेरिकी डलर र युरोको भाउ थोरै बढ्यो, अरुको कति ?
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना,
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्लाहीको दशगजामा पुरुषको बेवारिसे शव फेला
सर्लाहीको दशगजामा पुरुषको बेवारिसे शव फेला
बाढी प्रभावित क्षेत्र पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
बाढी प्रभावित क्षेत्र पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
विवाह गर्ने उपयुक्त समय र विधि के हो ?
विवाह गर्ने उपयुक्त समय र विधि के हो ?
रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार
रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ : रविन्द्र मिश्र
लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ : रविन्द्र मिश्र
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ