सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १, २०८३
|
|
१३० पटक हेरिएको
Shares
सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा

सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा कायम भएको छ ।
  • महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष मधेस प्रदेशको बेरुजु प्रतिशत ३.
  • ७७ छ ।

१ जेठ, काठमाडौं ।

आर्थिक वर्ष २०८१/८२ मा ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा कायम भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ । यस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । जसबाट १ अर्ब ८७ करोड बराबर बेरुजु देखिएको छ । जुन कुल लेखा परीक्षणको ३.७७ प्रतिशत हो ।

सबैभन्दा कम बागमती प्रदेशको ०.८३ प्रतिशत बेरुजु कायम भएको छ । बागमतीका २ सय ९ कार्यालयको ८३ अर्ब १५ करोड रुपैयाँ बराबर लेखा परीक्षण भएको थियो । जसबाट ६९ करोड ३७ लाख बेरुजु देखिएको छ । यसबाहेक कोशीका २ सय ८ कार्यालयको ५२ अर्ब ३८ करोड लेखा परीक्षणबाट ५५ करोड ५५ लाख बेरुजु कायम भएको देखिन्छ । जुन १.१२ प्रतिशत हो । गण्डकीका १ सय ८० कर्यालयको ४१ अर्ब ४५ करोड बराबर लेखा परीक्षण भएको थियो । यस प्रदेशको बेरुजु ५४ करोड ३ लाख कायम भएको छ ।

त्यस्तै लुम्बिनीका २ सय १४ कार्यालयको ५७ अर्ब २० करोडको लेखा परीक्षण भएको छ । जसबाट ६३ करोड ३२ लाखको बेरुजु कायम भएको छ । जुन १.२७ प्रतिशत हो । कर्णालीका १ सय ३७ कार्यालयको ३७ अर्ब १९ करोडको लेखा परीक्षणबाट ७० करोड बराबरको बेरुजु कायम भएको छ । जुन २.०८ प्रतिशत हो । उता, सुदूरपश्चिमका १ सय ५९ कार्यालयमा ३९ अर्ब ४९ करोडको लेखा परीक्षण गरिएको थियो । जसबाट ५५ करोड ५९ लाख बराबरको बेरुजु भएको छ । यो १.५३ प्रतिशत बराबर हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी
भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध
भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध
वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव
वडा अधिवेशन सारेर तोकिएको मितिमा महाधिवेशन गर्न गगनको प्रस्ताव
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
‘संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक’
‘संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक’
सुनको मुल्य तोलामा सात सयले घट्यो
सुनको मुल्य तोलामा सात सयले घट्यो
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक