एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
२४५ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक

सारांश

  •   नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्।
  •   अध्यक्ष ओलीले शनिबार सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए।
  • बैठक कहाँ बस्ने भने एकीन गरिएको छैन।

 

३१ वैशाख, काठमाडौं । 

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्।  अध्यक्ष ओलीले शनिबार सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए। बैठक कहाँ बस्ने भने एकीन गरिएको छैन। अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई हेरेर एमाले केन्द्रीय कार्यालय वा ओली निवास गुण्डुमै बैठक बस्ने सक्ने जनाइएको छ।

 

 

‘अध्यक्षको स्वास्थ्य अवस्था हेरेर कहाँ बस्ने भन्ने शनिबार नै टुंगो लाग्छ,’ अधिकारीले  भने।  एमाले अध्यक्ष ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। रिहा भए पनि उनको पित्तथैलीको शल्यक्रिया गरेकाले चिकित्सकले आराम गर्न सुझाएका थिए।  त्यसैले अध्यक्ष ओली केही समयदेखि एमालेका गतिविधिमा सक्रिय देखिएका छैनन्। उनले अनौपचारिक भेटघाट गर्दै आएको भए पनि औपचारिक कार्यक्रममा भने सहभागी भएका छैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?