सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु

अमलेश शर्मा अमलेश शर्मा
|
बुधबार, बैशाख ३०, २०८३
|
|
४४२ पटक हेरिएको
Shares
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु

सारांश

  • रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
  • हिजो मंगलबार राति करिब ८ बजे बरहथवाबाट गडहियातर्फ जाँदै गरेको ज ७ प २६१३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
  • दुर्घटनामा मोटरसाइकल चालक भारतको बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए ।

३० वैशाख, सर्लाही । रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

हिजो मंगलबार राति करिब ८ बजे बरहथवाबाट गडहियातर्फ जाँदै गरेको ज ७ प २६१३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भारतको बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए । उनको टाउको, अनुहार तथा कानबाट रगत बगेको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । उपचारकै क्रममा चिकित्सकले मंगलबार राति नै उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता तथा डिएसपी सरोज राईले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँ निवासी बाबु साहेब पटेलका २३ वर्षीय छोरा उज्वल पटेल घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भारतको सितामढीतर्फ पठाइएको थियो ।

प्रहरीका अनुसार उज्वल पटेलको सितामढीस्थित बैजनाथ नर्सिङ होमको आईसीयूमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अमलेश शर्मा
अमलेश शर्मा
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?
२५ सय रुपैयाँले घट्यो सुनको मूल्य
२५ सय रुपैयाँले घट्यो सुनको मूल्य
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
पाँच महिनामा आगलागीबाट १६ जनाको मृत्यु, १४५ जना घाइते
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति
प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु
मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु