मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र

अमलेश शर्मा अमलेश शर्मा
|
बुधबार, बैशाख ३०, २०८३
|
|
८२५ पटक हेरिएको
Shares
मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र

सारांश

  • सर्लाहीको मलंगवा नगरपालिकाले चार करोड बढी लागतमा निर्माण गरेको सुविधासम्पन्न भवन प्रयोगविहीन बनेको छ ।
  • नगरपालिकाको कार्यालय सार्ने उद्देश्यले शिक्षा विकास इकाइ र सन्त अल्पमाई सीटीईभीटी अगाडि निर्माण गरिएको तीनतले भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
  •  नगरपालिकाका अनुसार भवन निर्माण कार्य २०८० सालमै सम्पन्न भएको हो ।

३० वैशाख, सर्लाही ।

सर्लाहीको मलंगवा नगरपालिकाले चार करोड बढी लागतमा निर्माण गरेको सुविधासम्पन्न भवन प्रयोगविहीन बनेको छ । नगरपालिकाको कार्यालय सार्ने उद्देश्यले शिक्षा विकास इकाइ र सन्त अल्पमाई सीटीईभीटी अगाडि निर्माण गरिएको तीनतले भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाका अनुसार भवन निर्माण कार्य २०८० सालमै सम्पन्न भएको हो । अत्यधिक भिडभाड, साँघुरा कोठा तथा सेवा प्रवाहमा असहज भएपछि सर्लाही सदरमुकाम मलंगलामा आधुनिक सुविधासहितको नयाँ भवन निर्माण गरिएको थियो । तर उक्त भवनबाट हालसम्म सेवा सुरु भएको छैन । हाल मलंगवा नगरपालिकाका अधिकांश वडा कार्यालय भाडाका घर तथा अन्य सरकारी भवनबाट सञ्चालन हुँदै आएका छन् ।

जिल्लाकै पुरानो नगरपालिका मानिने मलंगवा नगरपालिका २०४७ साल (करिब ३६ वर्ष) देखि बजारमा रहेको आफ्नै पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ । सेवाग्राहीको चाप बढ्दै जाँदा पुरानो भवन अपर्याप्त बनेपछि नयाँ भवन निर्माण गरिएको नगरपालिकाका कर्मचारीहरू बताउँछन् । नगरपालिकाका इन्जिनियर सन्तोष सिंहका अनुसार उक्त तीनतले भवन ड्रागन शिवालय जेभी, काठमाडौंले चार करोडभन्दा बढी लागतमा निर्माण सम्पन्न गरेको हो । आवश्यक फर्निचर व्यवस्थापन तथा भवन परिसरमा बाउन्ड्री वाल निर्माण हुन नसक्दा कार्यालय सार्ने प्रक्रिया रोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए । ‘भवनमा आवश्यक फर्निचर खरिद गर्न ठूलो रकम आवश्यक छ । साथै सुरक्षा व्यवस्थापनका लागि बाउन्ड्री वाल निर्माण गर्नुपर्ने भएकाले तत्काल कार्यालय सार्न सकिएको छैन,’ उनले भने ।

यता, नागरिक समाजका अगुवाहरू करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको भवन लामो समयसम्म प्रयोगमा नआउँदा जीर्ण बन्दै गएको बताउँछन् । उनीहरूले जनताको करबाट निर्माण गरिएका संरचना समयमै सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् । मलंगला नगरपालिका–१ का वडाध्यक्षका अनुसार नयाँ भवनमा नगर कार्यपालिकाको कार्यालय सार्ने र हाल प्रयोग भइरहेको पुरानो भवनमा वडा नम्बर ३ र ९ को कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ । तर निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा नयाँ भवन अझै प्रयोगविहीन बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अमलेश शर्मा
अमलेश शर्मा
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह (भिडियोसहित)
पर्यावरण संरक्षण अभियानको आज दोस्रो सप्ताह (भिडियोसहित)
बिर्तामोडका पूर्वमेयर शिवाकोटी र डाक्नेश्वरी-१ का वडाध्यक्ष साह जेल चलान
बिर्तामोडका पूर्वमेयर शिवाकोटी र डाक्नेश्वरी-१ का वडाध्यक्ष साह जेल चलान
तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश
तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश
छलफलमा जुट्दै सभामुख र प्रमुख सचेतकहरू
छलफलमा जुट्दै सभामुख र प्रमुख सचेतकहरू
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन : माधव सापकोटा
निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन : माधव सापकोटा
आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते
आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी