सुधन गुरुङमाथि छानबिन नभएकोमा कांग्रेसले संसद्‌मा उठायो प्रश्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २९, २०८३
|
|
११७ पटक हेरिएको
Shares
सुधन गुरुङमाथि छानबिन नभएकोमा कांग्रेसले संसद्‌मा उठायो प्रश्न

सारांश

  •   नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि छानबिन नभएकोमा प्रश्न उठाइएको छ।
  • मंगलबार प्रतिनिधि सभाको बैठकमा आङदेम्बेले गुरुङमाथि लागेको आरोपबारे किन छानबिन नगरेको भन्दै प्रश्न उठाएका हुन्।
  • अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो?

२९ वैशाख, काठमाडौं । 

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि छानबिन नभएकोमा प्रश्न उठाइएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा आङदेम्बेले गुरुङमाथि लागेको आरोपबारे किन छानबिन नगरेको भन्दै प्रश्न उठाएका हुन्। अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो?,’ उनको प्रश्न छ, ‘तत्कालीन गृहमन्त्री माथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु।’

त्यसैगरी सम्पत्ति छानबिनको सन्दर्भमा २०४७ देखि २०५९ सालका सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयन उनले माग गरेका छन्। ‘सम्पत्ति छानबिन गर्न छानबिन गर्न आयोग बनाउनु भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु। तर २०४७ देखि २०५९ सम्मको छानबिन गरेको लम्साल आयोगको प्रतिवदेनलाई कार्यान्वयनमा अगाडि बढाउन केले छेकेको छ र? प्रतिवेदनहरू बनाउने तर पहिलेजस्तै दराजमा थन्क्याउने हो भने अहिलेको डंका पिटाइएको कुनै अर्थ रहने छैन,’ आङदेम्बेले भने।  यस्तै उनले लोकतन्त्र बन्द कोठाको शासन नभएर खुला र सरल प्रक्रिया भएको पनि स्मरण गराए। ‘जनताप्रति जवाफदेही हुनु र उत्तरदायी बन्नु अनि जनतासँग खुलस्त संवाद गर्नु एउटा लोकतान्त्रिक सरकारको र नेताको प्राथमिक कर्तव्य हो,’ उनले भने, ‘लोकतन्त्र बन्द कोठाको शासन होइन, यो खुला र सरल प्रक्रिया हो। विश्वास, सहमति र सहभागिता यसका आत्मा हुन्।’

प्रधानमन्त्री बालेन्द्र शाहप्रति इंगित गर्दै आङदेम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपरेको कटाक्ष पनि गरे। ‘अहिले यहाँ उभिएर बोल्दा मेरो मनमा खिन्नता छाएको छ। नसुनिने संवेदनहीन शैली संसद्‌मा लोकतन्त्र र यसको खुला बहस अनुकूल देखिएन। सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद् लागि राखेको पनि छैन,’ उनले भने।  संसद् असामान्य परम्परासहित सुरु भएको कांग्रेसको ठम्याइ रहेको उनको भनाइ छ। आह्वान भइसकेको संसद् एकाएक स्थगन गरेर संसद्को मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई सरकारले खोसेको उनले बताए।साथै करिब डेढ सय कानुन संशोधन र केही नयाँ कानुनहरु अध्यादेशमार्फत घोषणा गरेर संसदीय गरिमा र लोतान्त्रिक मूल्यहरूमा चोट पुर्‍याएको आङदेम्बको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
लगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित
लगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक
फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक
गाजामा शुक्रबार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु
गाजामा शुक्रबार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
मधेशमा मन्त्रालय संख्या घटाउन कार्यदल गठन
मधेशमा मन्त्रालय संख्या घटाउन कार्यदल गठन
सेनाले ४३ जिल्लामा पुर्‍यायो निर्वाचन सामग्री
सेनाले ४३ जिल्लामा पुर्‍यायो निर्वाचन सामग्री
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम