Press 4K
बुधबार, ३ भाद्र २०८३

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २९, २०८३
|
|
१५८ पटक हेरिएको
Shares
पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

सारांश

  • अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन् ।
  • मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्रभाव सिर्जना गर्दै वित्तीय प्रणालीमाथि कब्जा जमाउने प्रयास गरेको दाबी गरे ।

 

२९ वैशाख, काठमाडौं ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्रभाव सिर्जना गर्दै वित्तीय प्रणालीमाथि कब्जा जमाउने प्रयास गरेको दाबी गरे ।

उनका अनुसार, यस्तो गतिविधिले आर्थिक मात्र नभई राजनीतिक संस्थाहरूमाथि समेत गम्भीर प्रभाव पारेको छ । उनले भने,‘विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थ स्वीकार गर्नुपर्छ । १५–१६ अर्ब रुपैयाँ जनताको पैसाको दुरुपयोग गरेर बजार हेरफेर र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति जम्मा गरिएको अवस्था थियो ।’ अर्थमन्त्री डा.वाग्लेले त्यस्ता समूहले राजनीतिक नेतृत्वलाई समेत प्रभावित पार्ने प्रयास गरेको उल्लेख गर्दै देशका आर्थिक र राजनीतिक संस्थाहरू कमजोर बनाइएको टिप्पणी गरे ।

उनले हालको परिवर्तनलाई ‘जेन–जी आन्दोलन’को परिणामका रूपमा व्याख्या गर्दै त्यसले मुलुकलाई सम्भावित गलत दिशाबाट जोगाएको दाबी गरे । साथै, सरकार अब पूर्ण रूपमा सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनको भनाइ थियो । ‘पहिलो वर्ष सुशासन, त्यसपछि विकास निर्माण स्वतः अघि बढ्ने आधार तयार गर्ने सरकारको रणनीति हो,’ उनले प्रधानमन्त्रीको धारणा उद्धृत गर्दै बताए । अर्थमन्त्री डा.वाग्लेले नेपालका पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे । उनले स्टक एक्सचेन्ज पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए । सरकारले आगामी बजेटमार्फत पुँजी बजार सुधारलाई थप ठोस रूपमा अघि बढाउने तयारी गरेको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
बिपी राजमार्गको पुनर्निर्माण सुरु
बिपी राजमार्गको पुनर्निर्माण सुरु
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !!!
भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण
भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण
यी जिल्लामा आकस्मिक बाढीको जोखिम
यी जिल्लामा आकस्मिक बाढीको जोखिम

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...