प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
४५८ पटक हेरिएको
Shares
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक

सारांश

  • प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।
  • गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा सहभागी नभएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।
  •  सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।

२८ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा सहभागी नभएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो । सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । उक्त बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका हुन् । कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको टिप्पणी गरे । ‘गृह मन्त्रालयसँग सम्बन्धित सुकुमवासीलगायत विषयमा जवाफ लिनु छ । गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै हुनाले प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छ भने हामी आउँछौं,’ आङ्देम्बेले भने, ‘प्रधानमन्त्री नआउने हो भने औपचारिक रूपमा भेटिएर छलफल गरेर, परिचय गरेर, चिया खाएर हिंड्ने हिसाबले हाम्रो उपस्थिति रहँदैन भनेको हो। 

आज पनि यही कुरा दोहोर्‍याएर बैठकमा अनुपस्थित भयौं । आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए बैठकको जानकारी दिन भनिएको पनि बताए । उनका अनुसार सभापति ढकाललाई प्रधानमन्त्री बालेनलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको पनि बताए । ‘प्रधानमन्त्री बिना अहिले समिति बैठक बस्नु औचित्यपूर्ण अर्थ छैन, हामीले उहाँसँग जवाफ माग्नु छ,’ आङ्देम्बेले स्पष्ट पारे । प्रधानमन्त्रीको अनुपस्थितिका कारण समिति बैठक दोस्रोपटक प्रभावित भएको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री
गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा
एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू