अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
२५४ पटक हेरिएको
Shares
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय

सारांश

  • अभिनेतासमेत रहेका तमिलगा वेत्री कजगम (टीभीके) का प्रमुख थलापति विजय आज (मे १०) देखि तमिलनाडुको मुख्यमन्त्री बन्ने भएका छन्।
  • भारतीय सञ्चारमाध्यमका अनुसार विजयले आज बिहान १० बजे चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा तमिलनाडु राज्यको नवौँ मुख्यमन्त्रीका रूपमा शपथ खानेछन्।
  • २३४ सदस्यीय तमिलनाडु विधानसभामा सरकार गठनका लागि बहुमत ११८ सांसदको समर्थन जुटाउनुपर्छ।

२७ वैशाख, भारत ।

अभिनेतासमेत रहेका तमिलगा वेत्री कजगम (टीभीके) का प्रमुख थलापति विजय आज (मे १०) देखि तमिलनाडुको मुख्यमन्त्री बन्ने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार विजयले आज बिहान १० बजे चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा तमिलनाडु राज्यको नवौँ मुख्यमन्त्रीका रूपमा शपथ खानेछन्। २३४ सदस्यीय तमिलनाडु विधानसभामा सरकार गठनका लागि बहुमत ११८ सांसदको समर्थन जुटाउनुपर्छ।

हालै भएको विधानसभा चुनावमा विजयको पार्टी टीभीकेले १०८ स्थानमा मात्र विजय हासिल गरेको छ। यसमा पनि विजयले दुई ठाउँमा जितेको संख्या जोडिएकाले एक क्षेत्र छाड्नुपर्छ। जसले गर्दा सरकार गठनका लागि उनको दलबाट १०७ सिटको मात्र हिसाब हुन्छ।  विजयले मुख्यमन्त्री बन्न कंग्रेस, सीपीआई, सीपीएम, भीसीके र आईयूएमएल दलको सहयोगमा बहुमत जुटाएका हुन्। उनले शनिबार कुल १२१ विधायकको समर्थनपत्र राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरसमक्ष बुझाएका छन्। अब आज उनलाई राज्यपालले तमिलनाडुको मुख्यमन्त्री पदमा शपथ खुवाउनेछन्।  योसँगै तमिलनाडुमा सन् १९६७ यता अर्थात् झन्डै ६० वर्षपछि गैरद्रविड पार्टीबाट मुख्यमन्त्री बन्नेछन्।  यसअघि १९६३-१९६७ सम्म कंग्रेस सरकारमा एम. भक्तवत्सलम मुख्यमन्त्री थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित भयो : हितेन्द्रदेव शाक्य
कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित भयो : हितेन्द्रदेव शाक्य
श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात
श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात
नेपाल इरानसँग पराजित
नेपाल इरानसँग पराजित
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च
संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित।