आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २३, २०८३
|
|
३७८ पटक हेरिएको
Shares
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने

सारांश

  • जारी इन्डियन प्रिमियर लिग (आइपिएल) का प्लेअफ खेलहरूको तालिका सार्वजनिक गरिएको छ ।
  • प्रतियोगिता अन्तिम चरणमा पुग्नेक्रममा पुगेको समयमा प्लेअफ चरण २६ मेबाट सुरु हुने भएको छ भने फाइनल खेल ३१ मेमा अहमदाबादमा हुने तय गरिएको छ ।
  • भारतीय क्रिकेट बोर्डले प्लेअफका सबै विवरण सार्वजनिक गरेको हो ।

२३ वैशाख, काठमाडौँ ।

जारी इन्डियन प्रिमियर लिग (आइपिएल) का प्लेअफ खेलहरूको तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता अन्तिम चरणमा पुग्नेक्रममा पुगेको समयमा प्लेअफ चरण २६ मेबाट सुरु हुने भएको छ भने फाइनल खेल ३१ मेमा अहमदाबादमा हुने तय गरिएको छ । भारतीय क्रिकेट बोर्डले प्लेअफका सबै विवरण सार्वजनिक गरेको हो । यस सिजनमा ५ मेसम्म ४८ खेल सम्पन्न भइसकेका छन् । कुल ७० लिग खेलपछि प्लेअफ चरण सुरु हुनेछ ।

प्लेअफ अन्तर्गत पहिलो खेल अर्थात् पहिलो क्वालिफायर २६ मेमा धर्मशालास्थित एचपिसिए रंगशालामा हुनेछ । यस खेलमा अंक तालिकाका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि प्रतियोगिता चण्डीगढस्थित नयाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्नेछ । त्यहाँ २७ मेमा एलिमिनेटर तथा २९ मेमा दोस्रो क्वालिफायर खेलाइने कार्यक्रम रहेको छ । यस सिजनको उपाधि भिडन्त ३१ मेमा अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ । उक्त रंगशालाले लगातार दोस्रो वर्ष फाइनल आयोजना गर्न लागेको हो । अघिल्लो सिजनको फाइनल पनि यहीँ भएको थियो, जहाँ रोयल च्यालेन्जर्स बेङ्गलुरुले पञ्जाब किंग्सलाई हराउँदै उपाधि जितेको थियो ।

आईपीएल २०२६ मा ७० लिग खेलसहित कुल ७४ खेल हुनेछन् । २८ मार्चबाट सुरु भएको प्रतियोगितामा हालसम्म ४८ खेल सकिँदा प्लेअफ प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ । पञ्जाब किंग्स १३ अंकसहित शीर्ष स्थानमा छ भने लखनउ सुपर जायन्ट्स पुछारमा रहेको छ । यस वर्ष प्लेअफका लागि तीन फरक स्थान चयन गरिएको छ । सुरुमा फाइनल खेल बेङ्गलुरुमा गर्ने योजना थियो । तर स्थानीय क्रिकेट संघ र सम्बन्धित निकायले राखेका केही मागहरू बोर्डका नियम र मापदण्डभन्दा बाहिर रहेपछि स्थान परिवर्तन गर्नुपरेको जनाइएको छ । त्यसपछि फाइनल आयोजना गर्ने जिम्मा अहमदाबादलाई दिइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ
सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
सिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा
सिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ सम्म काठमाडौँमा
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ सम्म काठमाडौँमा
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव