प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २३, २०८३
|
|
४३९ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

सारांश

  • संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद् बैठक बोलाएका छन् ।
  • सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बिहीबार आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
  • संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।

२३ वैशाख, काठमाडौं ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद् बैठक बोलाएका छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बिहीबार आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ। बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप – तस्बिरहरू
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप – तस्बिरहरू
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा