गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
५६३ पटक हेरिएको
Shares
गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित

सारांश

  • आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ ।
  • गुल्सनले ५ विकेट लिएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.
  • ५ ओभरमा १७५ रनमै अलआउट भयो ।

 

२३ वैशाख, काठमाडौं ।

आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ । गुल्सनले ५ विकेट लिएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो । त्यसअघि शेख दाजुभाई आसिफ र आरिफ ब्याटिङमा चम्किँदा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो ।

यस सिरिजमा नेपालले चार मध्ये ३ खेल जित्दै ६ अंक जोड्न सफल भयो । २४ खेलबाट १८ अंक जोडेको नेपाल ८ टोली सहभागि लिग टु मा सातौं स्थानमै यथावत छ । यस सिरिजमा नेपालले यसअघि युएईलाई ३६ रन र ६ रनले पराजित गरेको थियो भने ओमानसँग १०२ रनले पराजित भएको थियो । आजको जितपछि नेपालले ओमान विरुद्ध अघिल्लो हारको बदला समेत लिएको छ । अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलिति लिग टु को अर्को शृंखला यही वैशाख २९ गतेदेखि घरेलु मैदानमै खेल्नेछ ।

गुल्सनको बलिङमा झुम्यो ओमान

नेपालले दिएको मध्यम लक्ष्य पछ्याएको ओमानका लागि आज नेपालका गुल्सन झा घातक सावित भए । उनले ५ विकेट लिएपछि ओमानले ४० ओभर पनि पूरा ब्याटिङ गर्न सकेन । ओमानका लागि विकेटकिपर विनायक शुक्लाले ४१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ३६ रन बनाए । यस्तै हम्मद मिर्जाले ३४, हसनैन वाहावले २९ रन बनाए । अ३ल्लो खेलमा नेपाल विरुद्ध शतक बनाएका कप्तान जतिन्दर सिंह १२ र वासिम अली १० रनमा आउट भए । ओमानलाई अलआउट गर्न नेपालका लागि गुल्सन झाले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । ओमान विरुद्ध गुल्सनले आफ्नो ओडिआई करियरकै उत्कृष्ट बलिङ फिगर राख्दै दोस्रो पटक ५ विकेट लिएका हुन् । यसअघि उनले सन् २०२४ सेप्टेम्बरमा क्यानडाको ओन्टारियोमा भएको लिग टु अन्तर्गत ओमान विरुद्ध नै १० ओभरमा २ मेडन राख्दै ४७ रन खर्चेर ५ विकेट लिएका थिए । करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र उपकप्तान दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।

आसिफको ९४ रन, आरिफको केमियो ब्याटिङ

पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडेका थिए । शतक बनाउनबाट ६ रनले चुकेका आसिफले ९७ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । ठूलो सट हान्ने चक्करमा ३५औं ओभरको तेस्रो बलमा आसिफ बाउन्ड्री लाइन नजिक क्याचआउट भएका थिए । ओडिआईमा आसिफको यो १४औं अर्धशतक हो । ६६ ओडिआई खेल खेल्दा आसिफले १ शतक र १४ अर्धशतक बनाएका छन् । अर्का ओपनर विनोद भण्डारी दोस्रो ओभरमा खाता नखोली आउट भएपछि आसिफले अर्जुन कुमालसँग मिलेर दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरेका थिए । लगातार दोस्रो खेलमा अवर पाएका अर्जुनले वान डाउनमा खेल्दै संयमित ब्याटिङ गरेपनि अर्धशतकबाट दुई रनले मात्र चुके । उनले ८७ बल खेल्दै ४ चौका मदतमा ४८ रन बनाए ।

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४२ बल खेल्दै १ चौका मदतमा ३३ रन जोडे । गुल्सनले २३ बलमा २ चौका प्रहार गरी १७ रन बनाए । कप्तान रोहित पौडेलले १६ बल खेलेर ९ रन मात्र बनाए । नन्दन यादव २ र सन्दीप लामिछाने १ रनमा आउट हुँदा करण केसीले खाता खोल्न सकेनन् । ४९ ओभरमा २३७/९ को स्थितlमा रहेको नेपालका लागि आफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै स्कोर बढाएका थिए । तर अन्तिम ओभरको पाँचौ बलमा आरिफ आउट भएपछि नेपाल एक बल अगाडि अलआउट भयो । आरिफले २४ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । ओमानका लागि नदिम खानले सर्वाधिक ३ र तथा सकिल अहमदले २ विकेट लिए । जितेन रामानान्डी, हसनैनन शाह र आर्यन विष्टले समान १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
घरमा धेरै रकम नराख्न अर्थ मन्त्रालयको आग्रह
घरमा धेरै रकम नराख्न अर्थ मन्त्रालयको आग्रह
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
ब्राउन सुगरसहित २ जना पक्राउ
ब्राउन सुगरसहित २ जना पक्राउ
३ जना सांसद निलम्बित, १ फरार
३ जना सांसद निलम्बित, १ फरार
दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी
दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो:  दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन
प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन