दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २१, २०८३
|
|
११३ पटक हेरिएको
Shares
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ

सारांश

  •    सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
  • सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
  • दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले नेपालको सीमा सुरक्षा, सुशासन कायम गर्ने, जनताको जीउधनको सुरक्षा र स्वतन्त्रताको संरक्षण तथा विपद् व्यवस्थापनमा आफ्नो जिम्मेवारी इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२१ वैशाख, काठमाडौं ।  

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले नेपालको सीमा सुरक्षा, सुशासन कायम गर्ने, जनताको जीउधनको सुरक्षा र स्वतन्त्रताको संरक्षण तथा विपद् व्यवस्थापनमा आफ्नो जिम्मेवारी इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले संविधान, कानुन, राष्ट्रिय हित र जनअपेक्षालाई ध्यानमा राख्दै आफ्नो भूमिका प्रभावकारी रूपमा पूरा गर्ने बताए । उनले भने, ‘नेपालको सिमा सुरक्षा, सुशासन कायम गर्ने, जनताको जीउधनको सुरक्षा र स्वतन्त्रताको संरक्षण, विपद् व्यवस्थापन गर्न संविधान वा कानुन र राष्ट्रियहितको मर्यादा र जनअपेक्षालाई ध्यानमा राखी इमानदारीता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ यसैगरी, पौडेलले सशस्त्र प्रहरी बल नेपाललाई पारदर्शी र भ्रष्टाचारमुक्त संस्थाका रूपमा स्थापित गर्न दृढ प्रतिवद्धता व्यक्त गरे । उनले नेपाल सरकार, गृहमन्त्रालय, सम्पूर्ण सुरक्षा निकाय, सञ्चार जगत, नागरिक समाज तथा सशस्त्र प्रहरी बल परिवारसँग विश्वास र सहकार्यमा अघि बढ्ने उल्लेख गरे ।

उनले भने, ‘नेपाल सरकार, गृहमन्त्रालय, सम्पूर्ण सुरक्षा निकाय, संचार जगत, नागरिक समाज तथा सशस्त्र प्रहरी बल परिवार विश्वास र सहकार्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई पारदर्शी, भ्रष्टाचार मुक्त रुपमा स्थापित गर्न मेरो दृढ प्रतिवद्धता छ । राष्ट्र, संविधान, सिमा र नागरिक सुरक्षाप्रति मेरो निष्ठा सधैं अटल रहने छ ।’ उनले राष्ट्र, संविधान, सीमा र नागरिक सुरक्षाप्रति आफ्नो निष्ठा सधैं अटल रहने पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै
एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै
सप्तरीमा रास्वपाको ‘क्लिन स्विप’
सप्तरीमा रास्वपाको ‘क्लिन स्विप’
शिक्षकहरुको आन्दोलन आज पनि जारी
शिक्षकहरुको आन्दोलन आज पनि जारी
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
आजको मौसम : आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए
विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने
नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने