हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १८, २०८३
|
|
२१२ पटक हेरिएको
Shares
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

सारांश

  • प्रधानमन्त्री बालेन शाहले हरेक यात्रा समस्या निवारणको मार्गमा हुनुपर्ने उल्लेख गरेका छन् ।
  • बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
  •  शुभकामना सन्देशमा उनले लेखेका छन्– ‘बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।

१८ वैशाख, काठमाडौँ ।

प्रधानमन्त्री बालेन शाहले हरेक यात्रा समस्या निवारणको मार्गमा हुनुपर्ने उल्लेख गरेका छन् । बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । शुभकामना सन्देशमा उनले लेखेका छन्– ‘बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो । जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ।’

उनी थप लेख्छन्– ‘हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।  शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ। ‘  ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ शाहले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसद्को दुवै सदनको बैठक बस्दै
संघीय संसद्को दुवै सदनको बैठक बस्दै
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
१४ महिनापछि मैले राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली
१४ महिनापछि मैले राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री