सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
३७१ पटक हेरिएको
Shares
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

सारांश

  • सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।
  • ‘मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको छ ।

१५ वैशाख, काठमाडौं ।

सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो । ‘मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको छ । यहाँ अध्ययन हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अनलाइनखबरसँग भने । अध्यादेशहरू आजै राष्ट्रपति कार्यालय शितलनिवास पुर्‍याइएको हो । यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए । तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए ।

प्रतिनिधिसभा आह्वान गरेर पनि स्थगित गरेर सरकारले संवैधानिक परिषद्‌मा नियुक्तिका लागि सरकारले अध्यादेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्‌मा ६ जना सदस्य हुने व्यवस्था छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायधीश, विपक्षी दलका नेता रहन्छन् । हिजो सोमबारमात्रै कांग्रेसले प्रतिनिधिसभामा दलको नेता चयन गरेको छ । कांग्रेसले दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा सर्पले टोकेर बालकको मृ*त्यु, नहरमा डुबेर बालिका बेपत्ता
कैलालीमा सर्पले टोकेर बालकको मृ*त्यु, नहरमा डुबेर बालिका बेपत्ता
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन
माओवादी केन्द्रीय समितिको बैठक बस्दै
माओवादी केन्द्रीय समितिको बैठक बस्दै
दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा
दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा
रास्वपाले बनायो ७९ क्षेत्रमा अग्रता
रास्वपाले बनायो ७९ क्षेत्रमा अग्रता
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ
बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स
मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 
मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना