समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हाे : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
९६ पटक हेरिएको
Shares
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हाे : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
  • उनले पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याए ।
  • उनले न्याय, स्वतन्त्रता र समानताको आन्दोलनमा जीवन उत्सर्गगर्ने हीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा शहीद परिवारप्रति सम्मान व्यक्त गरे ।

९ वैशाख, काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याए । उनले न्याय, स्वतन्त्रता र समानताको आन्दोलनमा जीवन उत्सर्गगर्ने हीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा शहीद परिवारप्रति सम्मान व्यक्त गरे ।

सन्देशमा वि.सं. २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले नेपाली क्रान्तिको मार्गदर्शन गर्दै सामन्ती शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको उल्लेख गरिएको छ । प्रचण्डले वर्तमान समयमा शोषण, दमन र विभेदका नयाँ रूपहरू देखा परेको उल्लेख गर्दै जनताको वास्तविक सत्ता अझ पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन् ।

‘आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेका छन् । साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन। त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ।अर्कोतर्फ, वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको सन्दर्भमा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेका छन्,’ सन्देशमा उल्लेख छ ।

उनले सबै कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई समाजवाद र साम्यवादको लक्ष्यसहित एकताहुन आजको ऐतिहासिक आवश्यकता रहेको उल्लेख गरे । साथै, नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा विकासका लागि प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरवीर नेपालीका ह*त्या आरोपी १४ वर्षपछि पक्राउ
नरवीर नेपालीका ह*त्या आरोपी १४ वर्षपछि पक्राउ
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो
ओडिसामा तनाव : नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
पत्रकार रजक र महर्जनको परिवारलाई  भाटभटेनीले पाँच र तीन लाख आर्थिक सहयोग गर्ने
पत्रकार रजक र महर्जनको परिवारलाई भाटभटेनीले पाँच र तीन लाख आर्थिक सहयोग गर्ने
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा
आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा