Press 4K
मंगलबार, ८ बैशाख २०८३

सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१२० पटक हेरिएको
Shares
सिरहा कारागारमा पुनः तनावः आन्तरिक नियन्त्रणको प्रयासपछि २३ कैदी नियन्त्रणमा

सारांश

  • सिरहा कारागार फेरि एकपटक विवाद र तनावको केन्द्रमा परेको छ।
  • कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा मंगलबार बिहान २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार दुई दिनअघि केही कैदीले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै कारागारको आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेका थिए।

 

८ वैशाख,सिरहा ।

सिरहा कारागार फेरि एकपटक विवाद र तनावको केन्द्रमा परेको छ। कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा मंगलबार बिहान २३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार दुई दिनअघि केही कैदीले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै कारागारको आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेका थिए।

उक्त घटनापछि थप झडप रअसुरक्षाको अवस्था सिर्जना हुन सक्ने आँकलन गर्दै २३ जनालाई नियन्त्रणमा लिई हाल प्रहरी हिरासतमा राखिएको उनले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नियन्त्रणमा लिइएका कैदीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। सम्बन्धित विभागसँग अनुमति मागिएको छ, अनुमति प्राप्त भएपछि उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्ने विषयमा निर्णय गरिनेछ, उनले बताए।सिरहा कारागारमा यसअघि पनि पटक–पटक गुटबन्दी, कुटपिट तथा आन्तरिक झडपका घटना हुँदै आएका छन्। व्यवस्थापनमा कमजोरी तथा सुरक्षाकर्मीको मिलेमतोको आरोपले कारागार बारम्बार तनावग्रस्त बन्ने गरेको छ।

यसअघि माघ २६ गते गरिएको संयुक्त सुरक्षा अपरेशनका क्रममा कारागारभित्रबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको थियो। उक्त हतियार प्रभावशाली कैदी इन्द्रजित यादवसँग सम्बन्धित रहेको प्रहरीको दाबी छ। सोही अपरेशनमा यादवसहित १३ जनालाई नियन्त्रणमा लिई अन्य कारागारमा स्थानान्तरण गरिएको थियो। इन्द्रजित यादव पक्राउ परेपछि कैदीबन्दीहरूले दुई दिनसम्म विरोध प्रदर्शनसमेत गरेका थिए। पछिल्ला घटनाक्रमहरूले सिरहा कारागारको सुरक्षा, व्यवस्थापन र अनुशासनमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...