डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१०७ पटक हेरिएको
Shares
डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ

सारांश

  • संसारका प्रायजसो देशहरूमा अर्थमन्त्रीको जिम्मेवारी अर्थ–राजनीतिका विज्ञलाई दिएको पाइन्छ ।
  • नेपालको वर्तमान सरकारका अर्थमन्त्री तुलनात्मक रूपमा परिपक्व, विषयविज्ञ, चिन्तन गर्ने र कार्य अनुभवी छन् ।
  • विश्वको ठूलो लोकतान्त्रिक मुलुक भारतका पूर्वअर्थमन्त्री एवं पूर्वप्रधानमन्त्री डा.

 

८ वैशाख,काठमाडौं ।

संसारका प्रायजसो देशहरूमा अर्थमन्त्रीको जिम्मेवारी अर्थ–राजनीतिका विज्ञलाई दिएको पाइन्छ । नेपालको वर्तमान सरकारका अर्थमन्त्री तुलनात्मक रूपमा परिपक्व, विषयविज्ञ, चिन्तन गर्ने र कार्य अनुभवी छन् । विश्वको ठूलो लोकतान्त्रिक मुलुक भारतका पूर्वअर्थमन्त्री एवं पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह र नेपालका वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच पृष्ठभूमिमा केही समानता देखिन्छ ।

संयोगवश, दुवै लन्डन स्कुल अफ इकोनोमिक्सबाट दीक्षित, विश्व अर्थ–राजनीति र वैदेशिक सम्बन्धका जानकार, अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता तथा आ–आफ्नो मुलुकको राष्ट्रिय योजना आयोगजस्तो नीति निर्माणको थलोमा नेतृत्व गरेका उदार अर्थतन्त्रका शिल्पकार हुन् । साथै, दुवैको अर्थमन्त्रीकालमा मध्यपूर्वमा युद्धका कारण कच्चा इन्धन आपूर्तिमा संकट भई आपूर्ति शृङ्खला खल्बलिएको थियो/छ ।

सन् १९९१ मा भारतमा ठूलो आर्थिक संकट आयो । ‘भुक्तानी सन्तुलन संकट’ अर्थात् ब्यालेन्स अफ पेमेन्ट क्राइसिसका नामले चिनिएको संकट मुख्यतः विदेशी मुद्रा अभाव, बढ्दो ऋण र कमजोर आर्थिक व्यवस्थापनका कारण आएको थियो । तर, यसले भारतलाई नयाँ आर्थिक नीतिहरू अपनाउन बाध्य बनायो र यसैले भविष्यमा आर्थिक विकासको बाटो पनि खोल्यो । भारतका दुई नेताहरू, जो प्रधानमन्त्री पनि भए– पीभी नरसिंह राव र अर्थमन्त्री डा. सिंहको सहकार्यबाट भारतले संकटबाट पार पाएर दीर्घकालीन आर्थिक विकासतर्फ लम्केको थियो । तिनताका भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर धेरै वर्षसम्म ७–८ प्रतिशतकै आसपासमा थियो । तर, आज सूचना प्रविधिको विकासमा भारत एउटा हब नै बनेको छ ।

आज भारत संसारकै चौथो ठूलो अर्थतन्त्रका रूपमा विश्वसामु शक्तिशाली राष्ट्रका रूपमा उभिएको छ । त्यसैले कुनै पनि मुलुकको गुणात्मक सुधारका लागि दृढ नेतृत्व र कुशल टेक्नोक्र्याट चाहिन्छ । इतिहासले हामीलाई यही सिकाएको छ । जेनजी आन्दोलनपछि बालेन्द्र शाहले नेतृत्व गरेको ऐतिहासिक सरकारमा देशको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी पाएका छन्, डा. स्वर्णिम वाग्लेले । वर्तमान मन्त्रिमण्डलमा दोस्रो वरीयतामा रहेका वाग्ले तुलनात्मक रूपमा परिपक्व, अर्थविज्ञ र भू–राजनीतिका जानकार मानिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृ*त्यु
झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृ*त्यु
संसदका महासचिव गौतमको राजीनामा स्वीकृत
संसदका महासचिव गौतमको राजीनामा स्वीकृत
उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी