Press 4K
सोमबार, १ आषाढ २०८३

गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
१५६ पटक हेरिएको
Shares
गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग

सारांश

  • नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङ सँग जोडिएको पछिल्लो प्रकरणमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीयछानबिनको माग गरेको छ।
  • पार्टी प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा गृहमन्त्रीमाथि उठेका प्रश्नहरूको तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको उल्लेख छ।
  • कांग्रेसले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको स्मरण गराउँदै मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ।

 

७ वैशाख,काठमाठौं ।

नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङ सँग जोडिएको पछिल्लो प्रकरणमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीयछानबिनको माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा गृहमन्त्रीमाथि उठेका प्रश्नहरूको तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको उल्लेख छ।

कांग्रेसले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको स्मरण गराउँदै मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित पदमा कायम रहँदा अनुसन्धान प्रक्रियामा प्रभाव पर्न सक्ने आशंका व्यक्त गर्दै कांग्रेसले अनुसन्धानलाई प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विषयलाई ढिलासुस्ती वा ढाकछोप गर्ने प्रयास गरिए सुशासन र जनविश्वासमाथि गम्भीर आघात पुग्नेछ।’ कांग्रेसले यो माग कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधार र नैतिकताको राजनीति संस्थागत गर्ने प्रयास भएको स्पष्ट पारेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...