एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
५९४ पटक हेरिएको
Shares
एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना अवधिमा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन् ।
  • त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मार्च २०२६ मा अन्तर्राष्टियतर्फ कुल ३ लाख ७५ हजार ६ सय ७४ र आन्तरिकतर्फ ३ लाख ३५ हजार ६ सय ८३ यात्रुले सेवा लिएका छन् ।
  • अन्तर्राष्ट्रियतर्फ कुल २८ वायुसेवा कम्पनीले उडान/अवतरण गरेको कार्यालयको तथ्यांक छ ।

 

७ वैशाख,काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना अवधिमा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मार्च २०२६ मा अन्तर्राष्टियतर्फ कुल ३ लाख ७५ हजार ६ सय ७४ र आन्तरिकतर्फ ३ लाख ३५ हजार ६ सय ८३ यात्रुले सेवा लिएका छन् ।

अन्तर्राष्ट्रियतर्फ कुल २८ वायुसेवा कम्पनीले उडान/अवतरण गरेको कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ नेपालबाट १ लाख ९२ हजार १ सय ५५ यात्रु विदेश प्रस्थान गरेका छन् । १ लाख ८३ हजार ५ सय १ यात्रु नेपाल भित्रिएको विमानस्थल कार्यालयको तथ्यांक छ । यस अवधिमा कुल २ हजार ५ सय ६९ उडान/अवतरण भएका छन् । जसमध्ये १ हजार २ सय ८६ उडान र १ हजार २ सय ८३ अवतरण रहेको तथ्यांक छ ।

यस महिना अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्ने कम्पनी एयर अरेबिया रहेको छ । यस कम्पनीले कुल ५० हजार ५ सय २७ यात्रुलाई सेवा दिएको छ । त्यस्तै नेपाल एयरलाइन्सले ३८ हजार ५ सय ९५ यात्रुलाई सेवा दिएको छ । खाडी युद्धका कारण कतार एयरवेज सहित वायुसेवा कम्पनीको नेपाल उडान भने नराम्रोसँग प्रभावित बनेको छ । यस कम्पनीले मार्चमा १५ हजार ९ सय २८ यात्रुलाई मात्र सेवा दिएको छ । यसैगरी हिमालय एयरलाइन्सले एक महिनामा १७ हजार १ सय ६३ यात्रु बोकेको छ । इन्डिगो एयरले ३६ हजार ३ सय २६, थाई एयरवेजले २२ हजार १ सय ८४, टर्किस एयरलाइन्सले १५ हजार ७ सय ३५ र एयर इन्डियाले २९ हजार ९ सय ३४ यात्रु बोकेको तथ्यांक छ ।

आन्तरिकतर्फ कुल १ लाख ६४ हजार ९ सय २२ यात्रु प्रस्थान गरेका छन् । १ लाख ७० हजार ७ सय ६१ यात्रु अवतरण गरेका छन् । यस महिना कुल ७ हजार ९ सय ६२ उडान/अवतरण भएका छन् । यसमध्ये ३ हजार ९ सय ८३ प्रस्थान र ३ हजार ९ सय ७९ अवतरण भएको विमानस्थलको तथ्यांक छ । आन्तरिकतर्फ सबैभन्दा धेरै यात्रु बुद्ध एयरले बोकेको छ । बुद्धले १ लाख ८२ हजार ५ सय ९ यात्रु बोकेको छ । यती एयरलाइन्सले ७४ हजार ९ सय ४० र श्री एयरलाइन्सले ६४ हजार ५ सय ५४ यात्रु बोकेको विमानस्थलको तथ्यांक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
बाँकेमा २२ आगलागीका घटना
बाँकेमा २२ आगलागीका घटना
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले दिएन आदेश
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले दिएन आदेश
सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी
सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : देउवा