Press 4K
आइतबार, १८ आश्विन २०८३

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ५, २०८३
|
|
३३५ पटक हेरिएको
Shares
सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा

सारांश

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् ।
  • शनिबार सामाजिक सञ्जालमार्फत् उनले सर्वोच्चको फैसला कुनै जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको बताएका हुन् ।
  • सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ ।

५ वैशाख ,काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत् उनले सर्वोच्चको फैसला कुनै जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको बताएका हुन् ।

सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ । यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता मजबुत बनाउने वातावरण सिर्जना भएको बताए । उनले पार्टीका सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई एकताबद्ध भएर पार्टी सुदृढीकरणको यात्रामा अघि बढ्न आह्वान गरेका छन् । थापालेदेशभित्र तथा बाहिर रहेका समर्थकहरूले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्दै पार्टीको पुनर्जागरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । साथै, सभापतिको हैसियतले यस प्रक्रियामा आफ्नो जिम्मेवारी सबैभन्दा ठूलो रहेको स्पष्ट पार्दै सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ । पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु ।’ उनले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै महाधिवेशनलाई सफल बनाउँदै पार्टी रूपान्तरण र सुदृढीकरण गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए । अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिन सक्ने पार्टी निर्माणका लागि सबै एकजुट हुनुपर्ने थापाको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीको मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा रद्द
सिन्धुलीको मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा रद्द
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
आज यी चार प्रदेशमा भारी वर्षा हुने सम्भावना
आज यी चार प्रदेशमा भारी वर्षा हुने सम्भावना
लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य
लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस
संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल
नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री
नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...