Press 4K
मंगलबार, १ बैशाख २०८३

रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्तुत, मधेसको आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
१२१ पटक हेरिएको
Shares
रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्तुत, मधेसको आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास

सारांश

  • श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्ताव पेस गरेका छन् ।
  • शुक्रबार प्रतिनिधिसभाको बैठकमामा प्रस्ताव पेस गर्दै उनले उम्मेदवारी प्रक्रियामा सहयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद समेत दिए ।
  • उनले भने,‘आज श्रम संस्कृति पार्टीको रुबी कुमारीलाई हामीले अगाडि सार्दैगर्दा नेपालको न्यायको पक्षमा उहाँ उभिनुहुन्छ भन्ने विश्वास छ ।

 

२७ चैत,काठमाडौं ।

श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्ताव पेस गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमामा प्रस्ताव पेस गर्दै उनले उम्मेदवारी प्रक्रियामा सहयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद समेत दिए । उनले भने,‘आज श्रम संस्कृति पार्टीको रुबी कुमारीलाई हामीले अगाडि सार्दैगर्दा नेपालको न्यायको पक्षमा उहाँ उभिनुहुन्छ भन्ने विश्वास छ ।

सयौंको संख्यामा, हजारौंको संख्यामा मधेकी छोरी चेलीहरु विभिन्न प्रथाको नाममा दबिएका छन् । तमाम ती महिलाहरुको आवाज रुबी बन्ने छन् भन्ने विश्वास छ । हामीले उम्मेदवारी दर्ता गर्दैगर्दा हामीलाई समर्थनको पक्षमा उभिएर समर्थन गर्ने दुई तिहाई बहुमतको पार्टी रास्वपालाई धन्यवाद दिन चाहन्छु ।’ उनले सरकारले गरेका काममा विरोधमा सँधै उत्रिने गरेको गलत भाष्य निर्माण भएको बताए । उनले खबरदारी र विरोध नितान्त फरक कुरा रहेको भन्दै आफूहरुले खबरदारी गरेर नजिकको जिम्मेवार पक्षलाई सचेत गराउँदै सही दिशामा लैजाने प्रयास गरेको बताए ।

उनले भने,‘हामीले जहिल्यै विरोध गछौं भन्ने भाष्य भएको छ । खबरदारी र विरोध नितान्त फरक कुरा हो । खबरदारी कसलाई गरिन्छ भने सबैभन्दा नजिकको पात्रलाई जो उसले चालेको हरेक पाइला सही ठाउँमा होस् भन्ने सोच्छ त्यसैले हामीले विरोध होइन् खबरदारी गरेको हौं ।’ राईले मधेसलगायत विभिन्न क्षेत्रमा अहिले पनि विभिन्न प्रथा र सामाजिक समस्याका कारण महिलाहरू पीडित रहेको उल्लेख गर्दै रुबीकुमारी ठाकुर ती आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...