रुसमा कन्सर्ट हलमा आतंकवादी आक्रमणः कम्तीमा ६० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १०, २०८०
|
|
३२ पटक हेरिएको
Shares
रुसमा कन्सर्ट हलमा आतंकवादी आक्रमणः कम्तीमा ६० जनाको मृत्यु

सारांश

  • रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको ज्यान गएको छ भने १ सय भन्दाबढी घाइते भएका छन् ।
  • यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो ।
  • त्यहाँ कन्सर्ट हुन लागेको थियो ।

१० चैत, काठमाडौं । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको ज्यान गएको छ भने १ सय भन्दाबढी घाइते भएका छन् ।

यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । त्यहाँ कन्सर्ट हुन लागेको थियो । रुसी मानव अधिकार आयोगले यसलाई आतंकवादी हमला भनेको छ । कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाउन थालेका थिए । भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब १ सय जनाको उद्धार गरेका थिए । कम्तीमा तीन आक्रमणकारी हलमा प्रवेश गरेका थिए । इराक र सिरयामा सक्रिय रहेको आईएसआईएल समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत घटनाको जिम्मेवारी लिएको अल जजिराले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?