तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
सारांश
- संसदीय समितिले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।
- प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको प्रदर्शनमा भएको लुटपाट, तोडफोडढ तथा आगजनीको घटनाबारे जवाफ दिन गृहमन्त्री लेखकलाई समितिमा बोलाएको हो ।
- बुधबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनका क्रममा भएका जनधनको क्षतिबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए ।

२० चैत, काठमाडौं ।
संसदीय समितिले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको प्रदर्शनमा भएको लुटपाट, तोडफोडढ तथा आगजनीको घटनाबारे जवाफ दिन गृहमन्त्री लेखकलाई समितिमा बोलाएको हो ।

बुधबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनका क्रममा भएका जनधनको क्षतिबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए । उक्त विषयमा जवाफ दिनका लागि गृहमन्त्री लेखक आगामी शुक्रबार बस्ने बैठकमा उपस्थित हुने समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया