सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
५६ पटक हेरिएको
Shares
सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय सुर्खेतले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा बिचौलियाको काम गर्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।
  • सेवाग्राहीले बिचौलियाले सेवा प्रवाहमा अवरोध गरेको सूचना प्राप्तपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले दुई कार्यालयबाट बिचौलिया पक्राउ गरिएको हो ।
  • सरकारी कार्यालयमा काम गरिदिने भन्दै सेवाग्राहीबाट पैसा असुल गर्ने १६ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनजंग बुढ्थापाले जानकारी दिए ।

१९ चैत,सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा बिचौलियाको काम गर्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीले बिचौलियाले सेवा प्रवाहमा अवरोध गरेको सूचना प्राप्तपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले दुई कार्यालयबाट बिचौलिया पक्राउ गरिएको हो ।

सरकारी कार्यालयमा काम गरिदिने भन्दै सेवाग्राहीबाट पैसा असुल गर्ने १६ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनजंग बुढ्थापाले जानकारी दिए । बिहान यातायात व्यवस्था कार्यालयमा सवारी साधनको ब्लूबुक नविकरण गराईदिने र मालापोत कार्यालयमा जग्गा नामसारी तथा भु–सेवाका कार्यहरु गरिदिन्छु भनि सेवाग्राहीबाट रकम असुल गरेका १० जना महिला र ६ जना पुरुष गरी १६ जना बिचौलिया पक्राउ गरिएको उनले बताए । ‘सेवाग्राहीले गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ’ उनले भने ।

‘हामीलाई सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको सूचना आयो,’ उनले भने, ‘सोही आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।’ उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले यातायात व्यवस्था कार्यालय सुर्खेतबाट वीरेन्द्रनगर–१ का दीपक बहादुर बि.क., वीरेन्द्रनगर–३ का इन्द्र बहादुर शाही, वीरेन्द्रनगर–१२ का प्रदिप खड्का, लेकवेशी नगरपालिका–३ का रमेश दमाई, वीरेन्द्रनगर–५का हरिप्रसाद देवकोटा र वीरेन्द्रनगर–१०का प्रभाकर शर्मा गौतमलाई पक्राउ गरिएको छ ।

त्यस्तै मालपोत कार्यालय सुर्खेतमा बिचौलियाको काम गरिरहेका वीरेन्द्रनगर–११ का रोशमी तिवारी, वीरेन्द्रनगर–३ की लक्ष्मी शाही, वीरेन्द्रनगर–१२ कि कुसुम बुढा क्षेत्री, वीरेन्द्रनगर– की पार्वती योगी, वीरेन्द्रनगर– ५ कि पवित्रा न्यौपाने, वीरेन्द्रनगर–११ कि दुर्गा शाही, वीरेन्द्रनगर–१३ कि सम्झना योगी, वीरेन्द्नगर–११ कि रोशनी शाही, वीरेन्द्रनगर–६ कि निर्मला योगी र वीरेन्द्रनगर–११ की गीता सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी बुढथापाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
माओवादी केन्द्रीय समितिको बैठक बस्दै
माओवादी केन्द्रीय समितिको बैठक बस्दै
जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते
ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
‘जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला’ -पूर्वराष्ट्रपति भण्डारी
आज पनि बढ्यो सुनचाँदीको मूल्य
आज पनि बढ्यो सुनचाँदीको मूल्य