बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १८, २०८२
|
|
८५ पटक हेरिएको
Shares
बालबालिकालाई मोबाइलको भर्चुअल संसारबाट फुटबलमा जोड्दै उज्ज्वल मानन्धर

सारांश

  • आजको डिजिटल युगमा बालबालिकाहरूको दैनिकी मोबाइलको सानो स्क्रिनमा खुम्चिँदै गएको छ ।
  • तर, ललितपुरको जाउलाखेल मैदानमा भने दृश्य बेग्लै छ ।
  • यहाँ केही स–साना बालबालीकाका खुट्टाहरू बलसँगै दौडिरहेका भेटिन्छन् ।

१८ चैत,काठमाडौं ।

आजको डिजिटल युगमा बालबालिकाहरूको दैनिकी मोबाइलको सानो स्क्रिनमा खुम्चिँदै गएको छ । तर, ललितपुरको जाउलाखेल मैदानमा भने दृश्य बेग्लै छ । यहाँ केही स–साना बालबालीकाका खुट्टाहरू बलसँगै दौडिरहेका भेटिन्छन् ।
तीनै बालबालिकालाई मोबाइलको लतबाट छुटाएर फुटबलको मैदानमा पसिना बगाउन प्रेरित गर्ने मुख्य व्यक्ति हुन पूर्वराष्ट्रिय गोलरक्षक तथा प्रशिक्षक उज्ज्वल मानन्धर । पूर्व गोलरक्षकसमेत रहेका मानन्धरले राष्ट्रिय महिला टोलीदेखि पुरुष तथा उमेर समूहका टिमसम्म काम गरिसकेका छन् ।

अहिले उनी जाउलाखेल क्लब सञ्चालित फुटबल एकेडेमीमार्फत नयाँ पुस्तालाई प्रशिक्षण दिइरहेका छन् । उनका अनुसार यो पहल केवल खेल सिकाउने मात्र नभई, फुटबलप्रति रुचि भएका बालबालिकालाई सही दिशा दिने उद्देश्यले सुरु गरिएको हो । ‘हामीले ग्रासरुटदेखि नै बच्चाहरूलाई समेटेर प्रशिक्षण सुरु गरेका छौं,’ मानन्धर भन्छन्, ‘राष्ट्रिय टोलीसँग काम गरिसकेका प्रशिक्षकहरू नै यहाँ आबद्ध हुनुहुन्छ ।’उनीसँगै प्रशिक्षक किशोर केसी र सुनिल श्रेष्ठ पनि यस अभियानमा संलग्न छन् । उनीहरूको समन्वयमा उमेरअनुसार प्रशिक्षण विभाजन गरिएको छ । सानो समूह मानन्धर स्वयंले हेर्छन् भने माथिल्लो समूह अन्य प्रशिक्षकहरूले सम्हाल्छन् ।

बालबालिकासँग काम गर्दा आफूलाई विशेष सन्तुष्टि मिल्ने मानन्धर बताउँछन् । ‘उनीहरूको उत्साहले नै ऊर्जा दिन्छ,’ उनी भन्छन्, दिनभरका कुरा साटासाट गर्दै प्रशिक्षण गर्दा रमाइलो मात्र होइन, आत्मसन्तुष्टि पनि मिल्छ ।’आफ्नो खेल जीवन सम्झिँदै उनी अहिलेका पुस्तालाई भाग्यमानी ठान्छन् । ‘हामी खेल्दाखेरि एउटा बुटका लागि संघर्ष गर्नुपथ्र्यो,’ उनी सम्झन्छन्, ‘कहिलेकाहीँ त प्लास्टिकको गोलो बनाएर बलको सट्टा खेल्थ्यौं । तर अहिलेको दृश्य फरक छ हरेक बच्चाको खुट्टामा बुट, शरीरमा जर्सी र हातमा बल छ ।’हाल एकेडेमीमा करिब ६०–७० जना बालबालिका आबद्ध रहेको उनले बताए । उनले विद्यालय समयलाई ध्यानमा राख्दै सातामा पाँच दिन साँझ ४ बजेदेखि प्रशिक्षण सञ्चालन गरिन्छ भने आइतबार बिहान विशेष सत्र राखिने गरेको बताए ।

प्रशिक्षणलाई कडा अभ्यासभन्दा बढी रमाइलो र सिकाइको मिश्रण बनाइएको मानन्धर बताउँछन् । अभिभावकहरूका लागि पनि यो पहल उपयोगी सावित भएको छ । मोबाइलमा अत्यधिक समय बिताउने बालबालिकालाई मैदानमा ल्याएर सक्रिय बनाउने माध्यम बनेको छ यो एकेडेमी । ‘अभिभावकहरू भन्छन्, यहाँ आएपछि बच्चाहरूमा सकारात्मक परिवर्तन देखिएको छ,’ मानन्धर भन्छन् ।मैदानमा दौडिने, पसिना बगाउने र साथीहरूसँग खेल्दै सिक्ने यी सबैले बालबालिकाको दैनिकीलाई स्वस्थ बनाएको छ । यही कारण, बालबालिकाहरू शनिबार र बिदाका दिनमा समेत प्रशिक्षण गर्न आग्रह गर्ने गरेका छन् ।उज्ज्वल मानन्धर र उनका सहकर्मीहरूको प्रयास केवल खेलाडी उत्पादनमा सीमित छैन, उनीहरू अनुशासन, स्वास्थ्य र सकारात्मक जीवनशैलीको बीउ रोपिरहेका छन् । छायाँमा रहेर पनि नेपाली फुटबलको भविष्य निर्माणमा उनीहरूको योगदान गहिरो र अर्थपूर्ण देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
आज राष्ट्रिय सभाको बैठक बस्दैँ
आज राष्ट्रिय सभाको बैठक बस्दैँ
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का