निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह
१७ चैत,काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने स्पष्ट पारेका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले निर्माण कार्यको सम्झौता गर्दा पारदर्शिता कायम गर्ने र समस्या आएमा महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीसमक्ष पु¥याएर समाधान खोजिने बताएका हुन् ।

उनले भने, ‘जुनसुकै निर्माण कार्यको सम्झौता गर्दा कुनैपनि अनुचित लेनदेनको कारोबार नगर्ने, त्यस्तो किसिमको कुनै समस्या आयो भने सिधै महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीज्यू समक्ष पुगेर समस्याहरुको उजागर गर्ने र समस्याको सम्बोधन गर्ने आश्वस्त बनाउनु भएको छ । त्यही अनुरुप सरकारसँग सहकार्य गरेर सरकारको लक्ष्य प्राप्तिको लागि निर्माण व्यवसायी महासंघ र निर्माण उद्योगीहरु सरकारसँग सहकार्य गरेर अगाडि बढने कुरामा अत्यन्तै उत्साही छौं । यो कुरा मन्त्रीज्यूसँग भनिसकेका छौं ।

यस्तै, उनले सार्वजनिक खरिद ऐनलगायत विद्यमान कानुनहरूले पूर्वाधार क्षेत्रलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको उल्लेख गर्दै ती कानुन संशोधन गरी छाता ऐन ल्याउन सरकारसँग आग्रह गरिएको पनि बताए । ‘लामो समयपछि मुलुकले ऐन, कानुन, नियमलाई देखाएर जसरी कर्मचारीतन्त्रले हाम्रो कामहरुलाई अवरोध गर्छ । त्यो समस्याको सम्बोधन गर्दै सार्वजनिक खरिद ऐनलगायत जतिपनि ऐनहरुले पूर्वाधार क्षेत्रलाई चलायनमान गर्न सक्दैन त्यसलाई संशोधन गर्न छाता ऐन बनाउन हामीले अनुरोध गरेका छौ,’ उनले भने ।



Post Comment