Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मिश्राको दादागिरी यादवको जग्गा कब्जा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ५, २०८०
|
|
९५ पटक हेरिएको
Shares
मिश्राको दादागिरी यादवको जग्गा कब्जा

सारांश

  • जनकपुरधाम उपमहानगरपालिका वडा नं.
  • २४ मा एक व्यक्तिले दादागिरी हिसाबले अर्काको जग्गामा घर बनाएर बसेको पाइएको छ ।
  • जनकपुरधाम उपमहानगरपालिका वडा नं.

मौसम झा

५ चैत, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ मा एक व्यक्तिले दादागिरी हिसाबले अर्काको जग्गामा घर बनाएर बसेको पाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ मा सिरहा कर्जन्हा निवासी राम एकवाल यादवको जग्गामा महोत्तरी सिमरदही निवासी अनिल मिश्राले जबर्जस्ती दादागिरी हिसाबले घर बनाएर बसेको पाइएको हो । धनुषा जिल्लाको बसहिया वडा नं. ९ मा सिरहा जिल्ला कर्जन्हा निवासी राम एकवाल यादवको नाममा दर्ता कायम रहेको ३३३३ नम्बरको कित्तामा महोत्तरी सिमरदहीका अनिल मिश्राले जबर्जस्ती दादागिरी तरिकाले घर बनाएर बसेका हुन् । आफ्नो जग्गामा अरु व्यक्तिले जबर्जस्ती दादागिरी हिसाबले घर बनाइ आफ्नो जग्गा कब्जा गरिराखेकोले न्यायका लागि चौतर्फी गुहार्दा समेत कतैबाट न्याय नपाएको यादवले गुनासो गरेका छन् ।


पीडित जग्गा धनी यादवले जनकपुरधामस्थित जिरोमाइल प्रहरी चौकी तथा नापी कार्यालय धनुषामा समेत उजुरी दिएको तर कतैबाट सुनुवाइ नभएको गुनासो गरेका छन् । उनले आफूले न्याय पाउनुको सट्टा उल्टै दु:ख पाएको बताए ।
प्रहरी तथा नापी कार्यालयमा पटक-पटक धाउदा तथा लिखित उजुरी गर्दा पनि कसैले पनि चासो नदिई उल्टै आफूलाई पीडा दिने काम गरेको बताए ।

यादवले आफूले दु:ख गरेर अर्जेको सम्पत्ति अरुले कब्जा गरेर बस्दा पनि राज्यले न्याय नदिएपछि आफू टुलुटुलु हेरेर बस्नुपरेको पीडा सुनाए ।
त्यस ठाउँमा यादवको तीन कित्ता ३३३२, ३३३३ र ३३९६ नम्बरको जग्गा रहेकोमा मिश्राले ३३३३ नम्बरको कित्ता जबर्जस्ती कब्जा गरि घर बनाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौं आउँदै
भारतीय स्थल सेनाध्यक्ष आज काठमाडौं आउँदै
बैंककबाट काठमाडौं आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
बैंककबाट काठमाडौं आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित
सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने
होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
भोलि अत्यावश्यक काम नभए घरबाट ननिस्कनूः ट्राफिक प्रहरी
भोलि अत्यावश्यक काम नभए घरबाट ननिस्कनूः ट्राफिक प्रहरी