आज चैते दसैं पर्व मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १२, २०८२
|
|
५५ पटक हेरिएको
Shares
आज चैते दसैं पर्व मनाइँदै

सारांश

  • प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ ।
  • वर्षमा चार नवरात्र पर्छन् ।
  • आसाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन ।

 

१२ चैत, काठमाडौं ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा चार नवरात्र पर्छन् । आसाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आसाढ र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।

असोज शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले असोज शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो ।

बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
नेप्से परिसूचक १०.०८ अंकले बढ्यो
नेप्से परिसूचक १०.०८ अंकले बढ्यो
झापाबाट प्रधानमन्त्री ओलीको टिप्पणी : गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन्
झापाबाट प्रधानमन्त्री ओलीको टिप्पणी : गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन्
तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै
तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह
बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही