एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
९७ पटक हेरिएको
Shares
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो

सारांश

  • सिन्धुली अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ ।
  •  को सेवा एक महिनादेखि ठप्प हुँदा बिरामीले हैरानी खेप्नु परेको छ ।
  • एनेस्थेसियोलोजिस्ट नहुँदा हाल अस्पतालको शल्यक्रिया (अप्रेसन) सेवा पूर्ण रूपमा ठप्प भएको छ।

२७ फागुन,रामेछाप ।

सिन्धुली अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ ।  को सेवा एक महिनादेखि ठप्प हुँदा बिरामीले हैरानी खेप्नु परेको छ । एनेस्थेसियोलोजिस्ट नहुँदा हाल अस्पतालको शल्यक्रिया (अप्रेसन) सेवा पूर्ण रूपमा ठप्प भएको छ।

अस्पतालबाट शल्यक्रिया गर्नुपर्ने सबै बिरामी रिफर गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ । सो अस्पतालमा हाडजोर्नी, एपेण्डिकसाइड, बच्चा जन्माउने महिला लगायतका अपरेसन रोकिएको छ । जिल्लामा १० हजार रुपैयाँमा शल्यक्रिया सकिने बिरामीलाई उपचारको लागि धुलिखेल वा जनकपुर लैजान एम्बुलेन्स खर्च मात्रै १० हजार रुपैयाँ लाग्ने स्थानीयको गुनासो छ । जिल्लामा हाडजोर्नीका दुई जना विशेषज्ञ डाक्टर रहे पनि सामान्य अप्रेसनसमेत हुन सकेको छैन ।

सिन्धुली अस्पतालमा भए करिब १० हजार रुपैयाँमा सकिने उपचारका लागि उनले १० हजारभन्दा धेरै त एम्बुलेन्स खर्च मात्र तिर्नुपरेको छ। सिन्धुली अस्पतालको अप्रेसन सेवा बन्द हुँदा धेरै नागरिक काठमाडौं र जनकपुर पुगेर महँगोमा उपचार गराउन बाध्य भएका छन्। पछिल्लो समय सिन्धुली अस्पतालमा १ वर्षको बिचमा ५ सय भन्दा धेरै शल्यक्रिया भएका थिए । तर एक जना विशेषज्ञ डाक्टरको अभावले सिङ्गो जिल्लाका बिरामीले सेवा पाउने सेवा रोकिएको छ ।

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले विशेषज्ञ नहुँदा सेवा प्रभावित भएको बताउँदै तुरुन्तै विज्ञापन निकालेर विशेषज्ञ पठाउने बताए । त्यसअघि गर्न सकिने वैकल्पिक व्यवस्था गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
कक्षा १२ को परिक्षा आजदेखि, ४ लाख ६७ हजारले परीक्षा दिँदै। 
कक्षा १२ को परिक्षा आजदेखि, ४ लाख ६७ हजारले परीक्षा दिँदै। 
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
७ दलको विरोध प्रदर्शन आज पनि जारी
७ दलको विरोध प्रदर्शन आज पनि जारी
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष राइजरबीच भेटवार्ता
अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष राइजरबीच भेटवार्ता
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च