Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा

सारांश

  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिप्रति राज्यले पर्याप्त काम गर्न नसकेको स्वीकार गर्दै नेपाल सरकारका तर्फबाट क्षमा याचना गरेका छन् ।
  • २८औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सिन्हाले कुष्ठरोग स्वास्थ्यसँग सम्बन्धित समस्या भए पनि यसको सामाजिक, मनोवैज्ञानिक र आर्थिक प्रभाव अझ गम्भीर रहेको बताएका हुन् ।
  • उनले भने, ‘कुष्ठरोग एउटा स्वास्थ्य सम्बन्धि समस्या भएपनि यसको प्रभाव झन बढीरहेको छ ।

 

२७ फागुन, काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिप्रति राज्यले पर्याप्त काम गर्न नसकेको स्वीकार गर्दै नेपाल सरकारका तर्फबाट क्षमा याचना गरेका छन् । २८औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सिन्हाले कुष्ठरोग स्वास्थ्यसँग सम्बन्धित समस्या भए पनि यसको सामाजिक, मनोवैज्ञानिक र आर्थिक प्रभाव अझ गम्भीर रहेको बताएका हुन् । उनले भने, ‘कुष्ठरोग एउटा स्वास्थ्य सम्बन्धि समस्या भएपनि यसको प्रभाव झन बढीरहेको छ । प्रभावित व्यक्तिलाई एउटा सामाजिक,मनोवैज्ञानिक र आर्थिक रुपमा असर पर्ने जटिल प्रक्रियाहरु र जटिल अवस्थाहरु जति तपाईंहरुले भोग्नु भएको छ त्यो हामीहरुले गर्नुपर्ने हो तर त्यति गर्न नसकेको अवस्था छ ।

त्यसको लागि म नेपाल सरकारको तर्फबाट क्षमा याचना गर्न चाहन्छु ।‘ उनले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूले भोग्दै आएका जटिल अवस्था र पीडालाई सम्बोधन गर्न राज्यले गर्नुपर्ने जति काम गर्न नसकेको उल्लेख गर्दै सरकारका तर्फबाट क्षमा मागे ।
मन्त्री सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा हकअधिकार र आत्मसम्मानका लागि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै त्यस आवाजलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनका अनुसार यस्तो आवाज नेपालमा मात्र नभई विश्वभर नै सामूहिक आन्दोलनका रूपमा विस्तार हुँदै गएको छ, जसको उदाहरण उक्त कार्यक्रम रहेको उनले बताए । उनले भने, ‘कुष्ठरोग प्रभावित व्यक्तिहरुले आफ्नो दैनिक जिवनमा हक अधिकार र आत्मसम्मानको लागि आफ्नो आवाज उठाइ रहनु भएको छ । त्यो आवाजमा आदर सम्मान राख्नु भएको छ । नेपालमा मात्रै नभैइ विश्वभरी नै यो सामुहिक आवाज बन्दै गैइरेहको छ । यसको उदाहरण आजको यो कार्यक्रम पनि हो ।’

त्यसैगरी उनले कुष्ठरोग निवारण योग्य स्वास्थ्य समस्या भए पनि रोगप्रतिको असामाजिक उपेक्षा र विभेदका कारण प्रभावित व्यक्तिहरूले अझै समस्या भोग्नुपरेको उल्लेख गरे । सामाजिक व्यवहारमा सुधार ल्याउन आवश्यक रहेको बताउँदै उनले यसको सुरुवात शिक्षाबाटै हुनुपर्ने धारणा राखे । उनले भने, ‘कुष्ठरोग निवारण योग्य स्वास्थ्य समस्या भए पनि यो रोगप्रतिको असामाजिक उपेक्षाले हामीले एकआपसमा गर्ने सामाजिक व्यवहार सुधार गर्न आवश्यक छ । यसको सुरुवात शिक्षाबाट नै हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
डब्लूएचओमा नेपालको प्रस्ताव : नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्ने
डब्लूएचओमा नेपालको प्रस्ताव : नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्ने
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा
भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा
सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ
सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने
देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने
ओलीलाई रिहाइ गर्न अस्वीकार
ओलीलाई रिहाइ गर्न अस्वीकार